Friday 24th July 2026

कुवेतमा एक सातामा १८४२ दुर्घटना


यो डरलाग्दो आकडा कुवेत अप टु डेट ले प्रकाशित गरेको छ । गत सेप्टेम्बर २४ देखि ३० अर्थात एक सातामा १८४२ सवारी दुर्घटना हुनु सामान्य कुरा हैन । ट्राफिक प्रहरी कारबाहीको संख्या हेर्ने हो भने तपाईलाई अचम्म लाग्न सक्छ किनभने यस वर्ष प्रहरीले २६ हजार १ सय ७३ जना सवारी चालकहरुलाई कारबाही स्वरुप जरिवाना पनि गरेको छ र ४३ सवारी साधन र ७९ वटा मोटर साईकल जफत समेत गरेको छ ।

अझ अचम्म के भने लाईसेन्स लिने उमेर नपुगेका ३२ जना नाबालिकलाई यसविच सवारी चलाए बापत पक्राउ समेत गरेको छ । फेरी पनि त्यति ठुलो संख्यामा सवारी दुर्घटनाले पनि यहाँ रहेको सवारी संख्याको चापलाई नै मुख्य कारण मान्न पर्दछ । सडकको क्षमता भन्दा धेरै सवारी साधन कुवेतमा दर्ता छन । यसलाई न्युनिकरण गर्नका लागि लाईसेन्समा समेत यहाँको सरकारले धेरै कडाई गरेको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

प्रतिकृयाहरू
...