Tuesday 10th March 2026

भ्रष्टाचार अपराध होइन, चलन बनिसकेको छ


बसन्त थापा

तितोपाटी- भ्रष्टाचार अपराध भएको भए हाम्रो देशको कानुनले भ्रष्टलाई हिरासतमा लिने थियो तर आज भ्रष्टाचार नै चलन भइसकेको अवस्थामा कानूनले के गर्ने ? काम सजिलै गराउन घूस लिनु र घुस दिनु अहिले सामान्य भइसकेको छ । अहिले न त नराम्रो मानिन्छ न अपराधको श्रेणीमा आउँछ ।

अब हामी सबै नेपालीले गर्वका साथ हाम्रा नेताहरूलाई भोट दिन्छौं, जसले चुनावमा आफ्नो अभियानको लागि करोडौं खर्च गरिरहेका हुन्छन।

यो अभियानको लागि पैसा कहाँबाट आयो?

अब यी प्रश्नहरू कमै सोधिन्छन् किनभने यी सबै सामान्य कुरा भइसकेका छन् । आज यी नेताहरूको नाममा हजारौं करोडको घोटाला भइरहेको छ यदी कानुन छ भने कानुनले पहिला यी नेताहरूलाई पक्राउ गर्नु गरिनु पर्थ्यो। तर अबको चुनावमा पनि त्यही नेता विजयी हुने कुरामा ढुक्क हुनुहोस् । किन? किनकी आम मानिसले भ्रष्टाचारलाई प्रथाको रुपमा लिएर यसलाई आफ्नो भाग्यको रुपमा लिने गरेका छन ।

त्यसो त नेपालका अधिकांश भ्रष्टाचार बिरोधी अभियानकर्ताहरुले पनि कालो धन विरुद्ध आवाज उठाउने सहि साथी पाउन सकेका छैनन । भ्रष्टाचारमा सत्तारुढ दल मात्रै संलग्न छ, प्रतिपक्षी दल होइन भन्ने अनुमान गर्नु पनि उचित हुँदैन तर भ्रष्टाचार विरुद्ध आवाज उठाउनेलाई यी राजनीतिक दलहरूले आफ्नो फाइदाका लागि प्रयोग गरेको देखिन्छ । त्यसैले अहिले आम जनताले भ्रष्टाचार अन्त्यको कुनै आशा देखेका छैनन् ।

आजकाल हरेक बाबुले छोरालाई डाक्टर वा इन्जिनियर बनाउन चाहन्छन् तर नेता बनाउन चाहँदैनन। अहिले राजनीतिज्ञहरू केही पुराना राजनीतिज्ञका सन्तान बनेका छन् वा सर्वसाधारणका अयोग्य सन्तान बनेका छन् । यो संघीय चुनावमा भोट दिउ भने कसलाई दिने सबै उस्तै छन । मैले यसैलाई भोट दिनु भनेर नभने पनि अहिले भोट कसैलाई दिनेहोला भनी प्रायः मानिसहरुले प्रश्न गर्ने गरेको पाइन्छ ।

अहिले भ्रष्टाचार एउटा चलन बनेको छ र आम मानिस त्यो चलन अपनाउन बाध्य छन् भन्ने प्रमाण यही हो ।

म गत वर्ष नेपाल गएको त्यो समयमा अनेक किसिमका मानिसहरु देख्दा र ती मानिसमा दयाभाव नभएको पाउदा निकै नराम्रो लाग्यो ।

यात्राकै क्रममा एक ठाउँमा ४० रुपैयाको चिया पिए र मैले त्यो चियावालालाई सोधे, दाजु ४० रुपैयाको चिया किनेर पनि चिया जस्तो छैन कस्तो खालको चिया हो? बिनास्वादको? उसको जवाफ थियो, भाइ यहाँ चिया बेच्न ३ ठाउँमा कमिसन तिर्नुपर्छ, ४० रुपैयाँमा १० रुपैयाँ मात्रै पाउँछु, बाँकी सबै बाँडिन्छ । अब राम्रो दुध र चिया मिसाए भने के कमाउने मैले? यस्तो विडम्बनापूर्ण अबस्थामा गुज्रिरहेको मेरो देशमा सर्वसाधारण नागरिकलाई जीउन अति कठिन बनेको छ।

यो भ्रष्टाचार एक दिन अन्त्य हुने छ भन्ने मलाई पनि विश्वास छ, तपाईलाई पनि थाहा छ । यो समाजबाट भ्रष्टाचार निर्मूल गर्न त्यति सजिलो छैन तर यो पनि सत्य हो कि जुन दिन मान्छे सच्चा मनले उठ्छ उभिन्छ, उसको आवाज पक्कै जनता सम्म पुग्छ किनकी मुखबाट निस्केको आवाज कानमा जान्छ र मनबाट निस्केको मन मुटुमा जान्छ । अब भोट दिनु पूर्व पटक पटक सोच्नुस कसलाई भोट दिने भनेर तपाई जसलाई भोट दिदै हुनुहुन्छ त्यही मानिसको हातमा तपाई र तपाइको क्षेत्रको भविष्य जोडिएको हुन्छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...