Tuesday 10th March 2026

अपूर्व दर्शन पढेपछि -नारायण कोइराला


साहित्यिक गतिविधिमा अग्रपंक्तिमा रहेका जिल्लाहरु मध्ये पाल्पा पनि एक हो । पाल्पामा धेरै साहित्यकारको जन्म भएको छ । यिनै साहित्यकारहरूको पुस्तक पढन पाउँदा मन खुसी हुन स्वभाविक पनि हो । हुन त जुनसुकै साहित्य आफैमा यस्तो चिज हो जति गहिराइमा पुगेपनि मुहानको गहिराइ नाप्न सकिन्न । आज म साहित्यकारको भन्दापनि पुस्तक पढेपछि उठेका केही कुरा लेख्दै छु।

पाल्पाली साहित्यकारको नाम लिँदा पाल्पाली साहित्यकार पुष्करराज रेग्मीको नाम पनि अग्रपङ्तीमा आउने गर्दछ । उनी कविताको लघुत्तम विधा शीत र त्रिशुलका परिकल्पनाकार पनि हुन् । स्व: माता पिता राधादेवी रेग्मी, बद्रीप्रसाद रेग्मीका सुपुत्र पुष्करराज रेग्मीको पुस्तक अपूर्व दर्शन ऐतिहासिक बालकथा संग्रह पढ्ने अवसर मिल्यो । यो पुस्तक पढन भन्दा पहिला खोलको कुरो गर्ने हो भने अति रमणीय देखिन्छ । पाल्पाका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको चित्रहरुले सजिएको छ । भित्र पन्ना पल्ट्यार हेर्दा यो पुस्तक स्व:माता पिता र दिदी अम्बिका रेग्मीको चरणमा समर्पण गरिएको छ ।

यस पुस्तक भित्र पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको भूमिका छ भने दामोदर ढकाल दीपकको शुभकामना रहेको छ । लेखको मन्तब्यको साथ साहित्यकार सीता बिष्ट कार्की सीबिकाको प्रकाशकीय रहेको छ।

बालकथा संग्रहमा जम्माजम्मी आठ बालकथा छन । रुरुकन्याको कथा, रम्भपानीको कथा, सत्यवती बज्यैको कथा, वाख्खै ह्वा वाख्खैको कथा, भैरवनाथको कथा, जात्रै जात्राको शहरको कथा, उजिर सिंहको र रानीमहलको कथा । शीर्षकबाट पनि पुस्तक ऐतिहासिक भएको स्पष्ट बुझिन्छ । लेखकले यसलाई बालकथाको रुपमा निकाले पनि पाल्पाको धार्मिक महत्वका कथालाई बाल कथाको रूपमा प्रस्तुत गरेका छन जुन सानो पुस्तकको रुपमा आएका छन । पुस्तक ठूलो र बाक्लो हुँदैमा मात्र सफल हुन्छ भन्ने कुरालाई चुनौती नै दिएको छ । यो पुस्तक आफैमा ऐतिहासिक बनेको छ। सबै ऐतिहासिक कुरालाई सरल, सहज तरिकाले लेखिएको छ जुन एउटा राम्रो पक्ष हो । यो पुस्तक बालबालिकालाई लक्षित गरी लेखिएको छ जसले गर्दा सानै उमेरबाट नै पाल्पालका धर्मिक स्थलहरू बाल मस्तिष्कमा छापिने छन । यो भविष्यको लागि राम्रो पक्ष हो । शीर्षकहरू सबै ऐतिहासिक नामबाट छन । यो पुस्तक बालकथा संग्रह भएपनि बालबच्चा देखि सबैलाई उपयोगी रहेको म ठान्दछु किनकि बालकथाको रुपमा लेखिए पनि यो पुस्तक पढ्दा पाल्पाको धार्मिक महत्वका धेरै कुराको ज्ञान लिन सकिन्छ । पुस्तकको पछाडि पट्टी खोलमा लेखकको फोटो संग प्रकाशित कृतिहरुको फोटो राखिएको छ । लेखकको परिचय भने राखिएको छैन।

अन्तमा पाल्पाली वरिष्ट साहित्यकारको उपाधि पाइसकेका पुष्करराज रेग्मी अथकका दर्जनौं पुस्तक प्रकाशित भएका छन।उनको साहित्यिक यात्रा अविरल चलिरहोस्।पुस्तकहरू प्रकाशित भइरहनु। साहित्यिक यात्राले शिखर चुमोस । शुभकामना।

नारायण कोइराला
तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...