स्रष्टा परिचय
नाम – छायादत्त न्यौपाने बगर
जन्म – २०२२
-जन्मस्थान पैंयु-४,पर्वत
-मातापिता देवरूपा र कमलप्रसाद
-शिक्षा एमए बिएड्,नेपाली
-प्रथम रचना हाम्रो झन्डा निबन्ध २०४२
-कविताकाे उपविधा *साइनो*काे प्रथम लेखक
संस्थागत संलग्नता:
-सस्थापक अभियान साहित्य प्रतिष्ठान
-संस्थापक डायमनसमशेर साहित्य प्रतिष्ठान
-संस्थापक बालसिर्जना मञ्च ,नेपाल
-अाजीवन सदस्य ,नेपाल बालसाहित्य समाज
-अाजीवन सदस्य, जनमत वाङमय प्रतिष्ठान,बनेपा
-अाजीवन सदस्य ,जनमत साहित्यिक मासिक पत्रिका
-अाजीवन सदस्य ,नवप्रज्ञापन त्रैमासिक पत्रिका समेत
केन्द्रीय सदस्य अदिल नेपाल जनसांस्कृतिक महासङ्घ
उपाध्यक्ष अखिल नेपाल लेखक सङ्घ,नेपाल
-विभिन्न साहित्यिक संस्थाहरू
-सम्पादन विद्यालय तहका पाठ्यपुस्तक, साहित्यिक पत्रिकाहरू,स्मृतिग्रन्थहरू,स्मारिकाहरू
प्रकाशित कृतिहरू:
१.भाषा:सिकाइ,सिप र सिर्जना
२.बालदिवस,बाटाे बताउने नाति,साथीभाका कथा र डाँफे चरी बालकथा सङ्ग्रहहरू
३.बालदिवस र माेटरसाइकलकाे बिहे बालएकाङ्की सङ्ग्रहहरू
४.हजुरबाकने गाउँ ,परर ताली र उस्तै उस्तै छेपाराेजस्तै बालनिबन्ध सङ्ग्रहहरू
५.गुराँस झुल्दै छ बालदाेहाेरी गीत सङ्ग्रह
६.कति राम्रो क, पुतलीकाे बिहे,बाफसँग पानी ,प्वाँप्वाँ भ्वाँभ्वाँ, हामी साथी साथी र कमिला बालकविता सङ्ग्रहहरू
७.टुर्रटुर्र कराउँ,केरै केरा,म खेल्छु,मुनीपाठी करायाे,भ्यागुताकाे बिहे याे,नेपाल र फूलबुट्टे लुगा बालकाव्यहरू
८.धर्ती मुस्कुराउँछ । टिनिमिनी घुन्न किशोर कविता सङ्ग्रहहरू
९.अाइँपाडीले दूध खायाे बालउपन्यास
१०.हाम्रा कुरा सहसंवाद (कुराकानी )
११.केही असल मानिसहरू जीवन सङ्ग्रह
१२बाँसै बाँस तथ्य पुस्तक
१३.खल्तीका कुरा चल्तीका सूत्र,सूत्रदृष्टि
१४.खेल्दै पढ्दै विधा चानचुन
१५.कदर नभए पछि र बादलका रेसाहरू निबन्ध सङ्ग्रहहरू
१६.वाङमयका कुरा समालाेचना सङ्ग्रह
१७.मान्छे कविता सङ्ग्रह
१८.विभिन्न पत्रपत्रिकामा फुटकर लेख/रचनाहरू……..
१९.बालनिबन्धहरू ९५, निबन्धहरू १२५,लघुकथाहरू५२, बालकविताहरू ३५ र बालनाटकहरू ७ वटा प्रकाशनकाे पर्खाइमा।
रचना
निबन्ध
शीर्षक : गजबको सूत्र
हाे नि समय बलियो हुन्छ । त्यही बलियो समयले तानेर मान्छेलाई यहाँसम्म ल्यायाे धेरै परिवर्तन देखायो। हिजोको मान्छे आजसम्म आइपुग्दा धेरै उथलपुथल देखेको छ। याे उथलपुथलले मान्छेलाई आफन्तबाट उछिट्याएर पर पुर्याएकाे छ । आपसी सद्भावमा बालुवा मिसाइदिएर फरक स्वाद चखाएको छ यसैमा जनता दङ्ग छ।
विज्ञानकाे चमत्कारले चम्केकाे मान्छे विलासमा लाेभिन पाउँछ । नैतिक मूल्य थिथेर बहादुर बन्न सक्छ । कस्तो मजा छ आज मान्छेलाई ! नीति नियम अनुशासनमा अडिएर गर्नुपर्ने मानवीय संवेदनायुक्त सहिष्णु व्यवहार बिर्सन पाइन्छ । किन बिर्सिस् ? कसैले साेध्दैन ।
आज त धेरैको प्रिय पेसा छलकपट धाेका धुर्त्याइँ बनेको छ । मान्छे यसैकाे सहारामा रमाउँछ । खै के विधि मच्चिएको हाे याे नयाँपन मान्छेसित मान्छे बाँच्नै नसक्ने आधुनिक पाे भा छ त !
आज मान्छे कुरा ठुला जान्दछ । ऊ आफू जत्तिकै जान्ने सुन्ने अरु कसैलाई देख्दैन । म त संसार जानेको मान्छे । मसँग के छैन काम नगरी दाम खाने कला छ । सरकारी कर्मचारीसँग मिलेर विधि पुर्याई पुर्याई नजराना हात पार्न दाउ छ, बजारमा मेरै भाउ छ । ठाउँ ठाउँमा उपस्थिति छ, याेजना र जनताकाे सक्रियता चिनेर कमिसन थाप्ने हैकम छ । यिनै अनन्त सिपले सम्पन्न छु ,अगाडि छु भन्छ निर्धक्कसित।
आज त पृथ्वी खुम्चिएर विश्व समुदाय छिमेकी बनेकोमा मख्ख छ । यस मौकामा चौका चलाएर कहाँ गाे दुनाँ पाेखियाे भागाँ भन्ने भनाइ अनुसार सातु खान जाने पछि सजिलै आफन्त काेट्याएर पेच कस्न सकिने रहेछ भनेर बुर्कुसी मार्छ ।
इमानकाे आलु राेपेर बस्ने समय हाेइन रहेछ आज । बाेलीमा अकरण प्रयाेग नगर्ने कर्ममा सकेजति धर्म छाड्ने शैलीले विजयाेत्सव मनाउने समय रहेछ । याे गूढ रहस्य पत्तो लागेपछि मान्छे पनि ढुकक छ । काम गरेर हाेइन दाम खाने , दाम खाने र कामकाे विषयमा भाका राख्ने हाे । भाका जति पर पर पुर्याएर आजभाेलि, भाेलिपर्सि गर्दै हप्ता, महिना, वर्ष, वर्षौं धकेल्न सक्यो त्यति नै बढी सफल । यस्ताे गजबको सूत्र फेला पारेपछि कसैले छाड्छ ?
हाेरहेछ नि ! जति भाका सारेर कमिसन वितरण गर्न सक्याे उही क वर्गीय ठेकेदार बनिरहन पाउने ! थाहा पाउनु पर्याे नि आजको समय कमिसन र भागबिलाेकाे रहेछ भनेर । कमिसन मिलेपछि काम, कामकाे परिणाम , काम सक्ने हदम्याद यस्ता यस्ती विषय सब थन्किन्छन् फाइलमा । जाबाे नीति नियम त कमिसनको बिटाेसँग जाेख्ने त हाे !
यहाँ कसले खाेज्छ अनियमितता ? सबैकाे चरित्र उस्तै तैंचुप मैचुप ! जनता जागेर हकअधिकारकाे उपयोग गर्ने गल्ती गर्नै भएन । जनता नबिउँझेकै राम्रो ! जहाँ जे भए पनि चाराे फाल्दिएर हाइसन्च बस्न पाइन्छ । जनता जुटे त यस्तो अवसर गुमिहाल्छ नि ! जनता जाग्ने र जगाउने गल्ती नहाेस् है ! यसैमा भलाे छ ! अस्तु ।