बसन्त थापा
तितोपाटी- नेपालका आधुनिक समस्याहरू यसका पहिलेका समस्याहरूको एक शक्तिशाली संस्करण हो र तिनीहरूको समाधानको लागिअपरिचित र असंगत उपायहरूको परिणाम हो। स्वार्थ र पार्टीगत आत्मघाती मनोवृत्ति एक अभिशाप हो जुन नेतृत्वको बेइमानीपनकोज्वलन्त उदाहरण हो।
आजको राजनीतिक समस्याले राष्ट्रलाई अस्थिरतातर्फ धकेलिरहेको छ । मुलुकको समृद्धिको बाटोमा आर्थिक समस्या नै बाधक बनेकोछ ।
साम्प्रदायिकताले नेपालको नागरिक भएर बाँच्न पाउने अधिकार खोसिरहेको छ । उद्योगको क्षेत्रमा आत्मनिर्भरता र सुस्वशनका लागिवैदेशिक सहयोगको खाँचो छ । नेपालको सबैभन्दा ठूलो समस्या भनेको अस्थिर केन्द्रीय सरकार हो । आम निर्वाचनमा कुनै पनि राष्ट्रियदलले बहुमत नपाउनु दुर्भाग्यपूर्ण हो । यसको कारण अल्पसंख्यक-सरकारले बलियो मनोबलका साथ देशका समस्यालाई सम्बोधन गरीविकास र समृद्धितर्फ अघि बढ्न सकेको छैन। सरकारबाट नै विभिन्न किसिमका समस्याहरु दिनप्रतिदिन बढ्दै गएका छन । देशमारोजगारीको अभाव बढ्दै गएको छ । अहिले देशमा बेरोजगारको संख्या बढ्दै गएको छ ।
आर्थिक समस्याले जनतालाई थप समस्यामा पारेको छ । अहिले देश विदेशी मुलुकको अर्बौं रुपैयाँको ऋणी बनेको छ । मुद्रास्फीतिदिनानुदिन बढ्दै गएको छ, जसले मध्यम वर्गको जीवन कष्टकर बनाएको छ । देशका धनी वर्ग आफ्नो सम्पत्ति विदेशमा राखेर नेपालकोआर्थिक मेरुदण्ड तोड्न लागेका छन् । ठूला आर्थिक घोटालाले देशको आर्थिक आधार नै हल्लाएको छ ।
नेताहरुको कालो धनले गर्दा देशको इज्जतलाई नै अन्धकार बनाएको छ । सार्वजनिक क्षेत्रका उद्योगहरूले लगातार करोडौं रुपैयाँ घाटादिई आर्थिक अवस्था जटिल बनाउन खोजिरहेका छन् । अर्कोतर्फ देशको कुल जनसंख्याको १७.५ प्रतिशत अर्थात् करिब ५० लाखमानिस गरिबीको रेखामुनि रहेका छन् ।
राजनीतिक समस्याले देशको चित्र र चरित्रमाथि प्रश्न खडा गरेको छ । चरित्रहीन राजनीतिले देशलाई दयानीय बनाउन कुनै कसर बाँकीराखेको छैन । अपराधीको राजनीतिकरणले देशमा ‘चरित्र’को व्याख्या नै परिवर्तन गरेको छ । संविधानमा जातीय, सम्प्रदाय, वर्ग विशेष, प्रदेश विशेषको अधिकार र संरक्षणवादले विभाजन र भेदभावको राक्षस सिर्जना गरेको छ । एकातिर नेताहरूले लोकतन्त्रको नारा लगाईरहदा अर्कोंतिर तानाशाह भन्दा कम व्यवहार गरेका छैनन । भ्रष्ट र राष्ट्रविरोधी तत्वले राजनीतिक क्षेत्रमा संरक्षण पाइरहेका छन् ।त्यसैले आज देशमा राजनीतिक समस्याको समाधान छैन । जनताले कुन राजनीतिक दललाई विश्वास गर्ने भन्ने कुरा बुझ्नै सकेकाछैनन।
म र म जस्ता जनाताले बुझे अनुसार नेपालको सबैभन्दा ठूलो समस्या भनेको नोकरशाहीको सक्रियता बढ़ेको छ । सरकारी कर्मचारीजुनसुकै पदमा रहे पनि काम छिटो र सहज रूपमा सम्पन्न गरिनु पर्छ भन्दा भ्रष्टाचारीमा लिप्त कर्मचारी नै खुसी छैनन् । फलस्वरूपमुलुकको सुगम प्रगतिलाई रोकेर कार्यपालिका सुस्त गतिमा चलिरहेको छ । माथिबाट भएको भ्रष्टाचारले कार्यपालिकालाई मौन बस्नबाध्य बनाएको छ जसका कारण राष्ट्रको सुरक्षा र विकासमा प्रश्नै प्रश्नहरुले तेर्सिएका छन् ।
देशमा धेरै सामाजिक समस्याहरु पनि बढिरहेका छन् । उच निचको भेदभावले सिंगो समाजलाई कमजोर बनाएको छ । महिलामाथि हुनेशोषण, उत्पीडन र बलात्कारले देशलाई कलंकित बनाएको छ । समाजबाट आत्मीयताको भावना हराउँदै गएको छ । छोरामा व्यक्तिगतसुख र भोगको प्रवृत्ति बढ्दै गएको छ । व्यक्तिगत अहंकारले पारिवारिक जीवनलाई ध्वस्त पारेको छ। संवेदनशीलता समाजमा समस्याबनेको छ । मादक पदार्थको प्रयोगमा आजको युवा आत्मविस्तार हुँदै गएको छ । शरीरमा यातना दिईरहेका छन् । आत्महत्याबाट युवापुस्तालाई जोगाउन नसकिने समस्याले ठूलो र विपत्तितर्फ धकेलिरहेको छ । युवा पुस्ताको यो बर्बादीले राष्ट्रलाई नै नष्ट गर्न खोजेको छ।
बाहिरी हस्तक्षेप पनि देशको लागी ठुलो समस्या देखिएको छ किनभने, विदेशी पुँजी र प्रविधिले नेपाली उद्योगलाई अधीनताको फलामेपालुवामा राखेको छ । आज विदेशी पुँजी र प्रविधिले नेपालमा विदेशी बहुउद्देश्यीय कम्पनीहरूले साम्राज्य स्थापना गरेको छन।नेपालका घरेलु उद्योग र साना उद्योगहरू मरिरहेका छन् र औद्योगिक समूहहरूको आर्थिक अवस्था दयनीय छ।
अहिले नेपाल धेरै समस्याहरूको घर बनिसकेको छ। देश दुखित र पिडित समस्याले घेरिएको छ। यसको कारण समस्याको उचितपहिचान र नियन्त्रण नहुनु र राजनीतिक दलहरू मुठीभर राजनीतिज्ञको गलत इसारामा चल्नु नै हो । आज नेपालमा समस्या दिनानुदिनबढ्दै गएको छ, यही कारण हो कि देशका नागरिकले आफ्नो देशमा असुरक्षित महसुस गरिरहेका छन् । हरेक दिन नयाँ समस्याउनीहरूको ढोकामा आउँछ जसले उनीहरुलाई कमजोर बनाएको छ ।