Thursday 6th August 2026

बञ्चरेडाँडामा १ भदौदेखि सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा


काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अबदेखि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन्।बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेका हुन्।

सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको हो।समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकिएको छ।

-नागरिकन्युजबाट

 


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...