Monday 16th February 2026

मंगल ग्रहलाई परिक्रमा गर्ने दुई चट्टान


तोयानाथ उपेक्षित, 25/ july 2022 मंगल ग्रहका पनि चन्द्रमा छन ? यो विरलै सुनिएको कुरा हो । पृथ्वीको चन्द्रमा हाम्रो अन्ध्यारो रात भगाउने प्यारो उपग्रह हो चन्द्रमा नहुदो हो त पृथ्वी आजको अवस्थामा रहने थिएन भनिन्छ । चन्द्रमा को पृथ्वीको हरेक गतिविधीसँग सिधा सम्बन्ध छ । चन्द्रमा नहुदो हो त शायदै यहाँ हाम्रो अस्तित्व हुने थियो होला तर मंगल ग्रहमा कुनै चन्द्रमा छैनन, छन त २ वटा चट्टान जसले मंगलको परिक्रमा गर्दछन । ती साना छन र तिनको आकार गोलो नभएर आलुको आकार जस्तो छ । तीनले मंगल का लागि भविश्यका भाग्य हुन वा दुर्भाग्य बैज्ञानिकहरु केही भन्न सक्ने अवस्थामा छैनन ।

चिनको मंगलग्रह अन्वेषण गर्ने भु उपग्रह तियानवेन १ ले ती दुई प्राकृतिक ग्रह मध्ये एउटा को झलक आफ्नो क्यामरामा कैद गर्न भ्याएको छ । मंगलको परिक्रमा गर्ने ती दुई चट्टान फोवोस र डेमोस मध्ये फोबस क्यामरामा कैद भएको हो । यीनको दुई नामको अर्थ हो डर र आतंक ।

चीनले २३ जुलाई, २०२० मा तियानवेन १ मिसन सुरु गरेको थियो । रातो ग्रहमा अर्बिटर र ल्यान्डर रोभर पठाएको मा सन् २०२१ को फेब्रुअरीमा अर्बिटर मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो । ल्यान्डर र रोभरले मंगल ग्रहमा छोएर मे २०२१ मा आफ्नो काम सञ्चालन सुरु गरेका थिए।

यो एउटा सानो, अनियमित आकारको वस्तु हो जसको औसत त्रिज्या ११ किलोमिटर हुन्छ जसले मंगल ग्रहको सतहबाट ६००० किलोमिटर को दुरीमा परिक्रमा गर्छ। यसले मंलग लाई एक चक्कर लगाउन मात्र ७ घण्टा ३९ मिनेट लगाउछ । यसको व्यास भने दुई किलो मिटर रहेको छ ।
अर्को चट्टान डेमोस को बारेमा भने खासै जानकारी लिन सकेको पाईन्दैन ।

यी चट्टानहरु मंगलमा बज्रिएलान वा नबज्रिएलान यसको हिसाव किताव पनि हुन बाकी छ । तर तिनलाई दिएको नाम को अर्थ हो यी मंगलमा कुनै दिन टक्राउने छन । मंगलको नजिकै बाट यीनले परिक्रमा गर्ने भएका ले पनि यी प्राकृतिक उपग्रह मंगल का लागि डर र आतंकका प्रतिक नै हुन ।

कुनै समयमा मंगलमा पानी सहितको बातावरण रहेको भए पनि कालान्तरमा यस्तै ब्रमाण्डिय गडबढीले बातावरण गुमाएको आशंकाका विच यी दुई चट्टानले मंगलको जीवनका लागि कालान्तरमा उसको जवानी फर्काउने हुन वा अरु ध्वस्त बनाउने हुन यसै भन्न सकिन्न । तर मंगलमा हुने उथलपुथल ले पनि पृथ्वीमा निक्कै ठुलो असर पार्नेमा बैज्ञानिकहरु विस्वस्त छन ।

चीनको मार्स प्रोब टियानवेन(१ को परिक्रमाद्वारा लिइएको मंगल ग्रहको उपग्रह फोबोसको तस्बिर जुलाई २३ मा जारी गरेको हो । , जुन मिसनको प्रक्षेपण भएको दुई वर्ष पूरा भएको दिनको अबसर पनि हो । जसलाई खगोलविद का नाममा ओपिक नाम दिइएको छ,


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...