Thursday 6th February 2025

लघुकथाकार सीता रेग्मीको लघुकथा “बहाना” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार सीता रेग्मीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा ‘बहाना’ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । हाम्रो लघुकथा पाठशालाको ”कार्यक्रम फर्माइश” का नियमित संचालक कुशल प्रस्तोता सीता रेग्मीसँग साक्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित र निकट छु ।

लघुकथाकार सीता रेग्मीको जन्म मिति २०३८/११/१५ गते
आमा उमा देवी रेग्मी र बुबा स्वर्गीय जीवनाथ रेग्मीको सुपुत्रीको रुपमा बयरबन -१ हरकपुर, मोरङमा भएको हो ।
हाल सुन्दरहरैचा -५,मोरङमा स्थायी बसोबास गर्नुहुने लघुकथाकार रेग्मीले अंग्रेजी बिषयमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ । बेलबारी नगरपालिका मोरङमा कार्यरत रहदै साहित्यका बिभिन्न विधाहरु लघुकथा, कविता तथा मुक्तकमा कलम चलाउनु हुन्छ । पहिलो लघुकथा ‘छोरो मान्छे’ २०७७ साल असारमा लेखेर लघुकथा लेखन यात्रा शुरु गर्नु भएको हो । पत्रिकामा छापिएको पहिलो लघुकथा ‘ समय’ अक्षरमार्गमा प्रकाशित भएको थियो ।सामाजिक यथार्थवादी धारका कथा लेख्नुहुने साहित्यकारका लघुकथाहरु हाम्रो लघुकथा पाठशाला फेसबुक पेजको साथै विभिन्न अनलाईन तथा पत्रपत्रिकामा समेत पढन सकिन्छ ।

प्रस्तुत कथा बहानामा श्रीमान श्रीमतीको संम्वाद मार्फत बृध्दहरुको समस्या उजागर गर्दै स्वार्थी संन्तानहरुको यथार्थ चित्रण गर्न सफल हुनुभएको छ लघुकथाकार ।

कथा यसरी शुरु गरिएको छ ।ए !प्रसान्त सरको नि सरुवा पो भएछ त कहाँ भएको हो ? मोवाईलमा औँला सार्दै गर्दा विदाईको फोटो देखेर किसोरलाई श्रीमतीले सोधिन् । हो त हामी दुवै जनाको एउटै अड्डामा सरुवा भएको हो किसोरले जवाफ दिए।
उहाँ त विराटनगरमै घर भएको मान्छे, उतै सजिलो थियो नि हैन र ?श्रीमतीले आश्चार्य मिश्रित प्रश्न गरिन्।
विचराको समस्या छ दाजुहरु विहा गरेर छुट्टै बसेका छन्,आमा बाको हेरचाह उनैले गर्नु पर्ने।अहिले सम्म विहे पनि भा छैन। परार साल आमा विते देखि त बाको चाकरमा उनलाई सारै गाह्रो भा छ रे। अरु दुईटा पनि त उत्तिकै छोरा हुन् सधै मैले मात्र हेर्नु पर्ने भनेर घर भन्दा टाढा सरुवा गरेका रे। अब यतै कोठा खोजेर बस्छन् अरे।

हिजो मात्र छोरीको घर आएका बृद्ध बाले छोरी ज्वाईको संवाद सुनिरहेका थिए। उनको मन अमिलो भयो। उनका छोराले पनि एक महिना पहिले बुहारी र नाति नातिना लिएर सदरमुकाम सरुवा भयो भन्दै घर छाडेर हिडेका थिए।कथा यसरी समापन गरिएको छ।
बिदाइको फोटो हेर्दै शुरु भएको कथा हिजो मात्र छोरीको घर आएका बुबाको मनमा परेको चोटमा गएर समाप्त भएको छ । कथाले अहिलेका संन्तानहरु बृध्द बाआमालाई स्याहार सुसार गर्न नसकेर बहाना बनाएर हिडछन् भन्ने यथार्थ उजागर गरिएको छ । कथा मार्मिक, सरल र सुबोध छ ।
साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार सीता रेग्मीको साहित्यिकयात्रा सप्तकोशी नदी झैं अविरल बगिरहोस् भन्दै सुस्वास्थ, दीर्घायु तथा अटल सौभाग्यको लाखौलाख शुभकामना व्यक्त गर्दछु ।

लघुकथाः बहाना
-सीता रेग्मी

“ए प्रसान्त सरको नि सरुवा पो भएछ त! कहाँ भएको हो?”
मोवाईलमा औँला सार्दै गर्दा विदाईको फोटो देखेर किसोरलाई श्रीमतीले सोधिन्।
“हो त हामी दुवै जनाको एउटै अड्डामा सरुवा भएको हो ।” किसोरले जवाफ दिए।
“उहाँ त विराटनगरमै घर भएको मान्छे, उतै सजिलो थियो नि हैन र?”
श्रीमतीले आश्चार्य मिश्रित प्रश्न गरिन्।
“विचराको समस्या छ नि?”
“कस्तो समस्या?”
“दाजुहरु विहा गरिवरी छुट्टै बसेका छन्, आमा बाको हेरचाह उनैले गर्नु पर्ने।अहिले सम्म विहे पनि भा छैन। परार साल आमा विते देखि त बाको चाकरमा उनलाई सारै गाह्रो भा छ रे। अरु दुईटा पनि त उत्तिकै छोरा हुन् सधै मैले मात्र हेर्नु पर्ने भनेर घर भन्दा टाढा सरुवा गरेका रे। अब यतै कोठा खोजेर बस्छन् अरे।”
हिजो मात्र छोरीको घर आएका बृद्ध बाले छोरी ज्वाईको संवाद सुनिरहेका थिए। उनको मन अमिलो भयो। उनका छोराले पनि एक महिना पहिले बुहारी र नाति नातिना लिएर सदरमुकाम सरुवा भयो भन्दै घर छाडेर हिडेका थिए।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...