Thursday 2nd April 2026

नागालैंड विश्वविद्यालयले मनायो अन्तर्राष्ट्रिय योग दिवस


डा. हरिमोहन पोखरेल, कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार नागालैंड विश्वविद्यालय लुमामी र केन्द्रीय विद्यालय लुमामीको संयुक्त तत्वावधानमा हिजो अन्तर्राष्ट्रय योग दिवस मनाएको छ ।

प्राप्त समाचार अनुसार केन्द्रीय विद्यालय लुमामीको सभागारमा संपन्न सो समारोहमा प्रो. परदेशी लाल कुलपति नागालैंड विश्वविद्यालय मुख्य अतिथिको रुपमा उपस्थित थिए ।

मुख्य अतिथिको आसनबाट बोल्दै प्रो. परदेशी लालले भने कि मानव जीवनमा योगको ठूलो भूमिका निभाएको हुन्छ ।जीवनलाई सुन्दर र स्वास्थ्य बनाउनको लागि योगको दैनिक अभ्यास गर्दै जीवनमा उतारने प्रयास गर्नुपर्छ ।

उनले अगाडि भने कि मनको एकाग्रता ल्याउने र बिना टेन्सन बाँच्नको लागि योग नै सर्वोत्तम साधन रहेको छ ।

यसै अवसरमा विश्वविद्यालयका सबै पदाधिकारी लगायत केन्द्रीय विद्यालयका सबै अधिकारी एवं शिक्षक र छात्र -छात्राहरूले समेत योग अभ्यासमा भाग लिएका थिए ।
कार्यक्रमको कुशल संचालन एवं धन्यवाद ज्ञापन हिन्दी अधिकारीले गरेका थिए ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...