Wednesday 5th November 2025

नागालैंड विश्वविद्यालयले मनायो अन्तर्राष्ट्रिय योग दिवस


डा. हरिमोहन पोखरेल, कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार नागालैंड विश्वविद्यालय लुमामी र केन्द्रीय विद्यालय लुमामीको संयुक्त तत्वावधानमा हिजो अन्तर्राष्ट्रय योग दिवस मनाएको छ ।

प्राप्त समाचार अनुसार केन्द्रीय विद्यालय लुमामीको सभागारमा संपन्न सो समारोहमा प्रो. परदेशी लाल कुलपति नागालैंड विश्वविद्यालय मुख्य अतिथिको रुपमा उपस्थित थिए ।

मुख्य अतिथिको आसनबाट बोल्दै प्रो. परदेशी लालले भने कि मानव जीवनमा योगको ठूलो भूमिका निभाएको हुन्छ ।जीवनलाई सुन्दर र स्वास्थ्य बनाउनको लागि योगको दैनिक अभ्यास गर्दै जीवनमा उतारने प्रयास गर्नुपर्छ ।

उनले अगाडि भने कि मनको एकाग्रता ल्याउने र बिना टेन्सन बाँच्नको लागि योग नै सर्वोत्तम साधन रहेको छ ।

यसै अवसरमा विश्वविद्यालयका सबै पदाधिकारी लगायत केन्द्रीय विद्यालयका सबै अधिकारी एवं शिक्षक र छात्र -छात्राहरूले समेत योग अभ्यासमा भाग लिएका थिए ।
कार्यक्रमको कुशल संचालन एवं धन्यवाद ज्ञापन हिन्दी अधिकारीले गरेका थिए ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...