Monday 23rd December 2024

कविताः खोला तरकै हाैं लठ्ठी बिर्सिएकै हौं


खोला तरेकै हौं लठ्ठी बिर्सिएक‌ै हौं
जनयुद्ध लडेकै हौ गणतन्त्र ल्याएकै हौं
शहिदका सपना साकार नभए र पो के भो
सर्बहाराका हामी नेताहरु सिंहदरबार छिरेकै हौं
नमस्कार गर्दै गर्दै पाँच पाँच हजार
हात हातमा दिन्छौ भनेकै हौं
नमस्कार फर्काउने फुर्सद छैन
पाँच वर्ष पछि भेटौला भनेकै हौं
बिर्सियौ चटक्कै ती जनयुद्धका अपांगहरु
बिर्सियौ ती घाइते अनि बेपत्ताहरु
बिर्सियौ ती खोलानाला
बिर्सियौं ती पाखापखेरीहरु
कसैले सोध्छन् रुकुम ,रोल्पा,
कसैले सोध्छन् बझाङ ,बाजुरा ,कर्णाली
बिर्सियौं हामीले मधेसी हिमाली अनि पहाडी
हो खोला तरेकै हौ लठ्ठी बिर्सिएकै हौ ।

माधब पाैडेल ‘असल यात्री’


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटको टोय फेस्ट २०२४ एक चकित र खुसीको संसार हो जसले बच्चा र वयस्क दुवैका लागि पर्खिरहेको छ, यो…

प्ये म्हस्याँ छ्याँ म्हमु छ्याँ म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्हि म्हमुअर्थात शास्त्र हराए संस्कार हराउछ संस्कार हराए संस्कृति हराउछ…

जर्मनीको क्रिसमस बजारमा शुक्रबार भएको घातक हमलामा संदिग्ध एक इस्लाम विरोधी कार्यकर्ता थिए जसले अक्टोबर ७ मा भएको हमलापछि सामाजिक…

प्रतिकृयाहरू
...