Sunday 11th January 2026

गजल


[ गजल ]

कुरा मात्र हैन साँच्चै , ल्याउनु पर्छ रेल देशमा ।
बन्द गरौँ राजनितिको, यो फोहोरी खेल देशमा ।।

अन्याय र अत्याचारले यहाँ, सिमा नाघि सक्यो
बृद्धाश्रम लाई हटाएर, बनाउँ अब जेल देशमा ।।

घुसखोरी, भ्रष्टाचारी, लगायतका अपराधीलाई
दण्ड दिनु पर्छ लगाइ , हतकडी र नेल देशमा ।।

बनाएका निति नियम, सबले पालन गरि अब
हटाउनु पर्छ सबै खाले, जाल अनि झेल देशमा ।।

सबै समस्यालाई बुझि,अघि बढ्नु पर्छ सरकार
विकासको काममा सधैँ , हुनु हुन्न फेल देशमा ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...