Sunday 13th September 2026

गजल


[ गजल ]

कुरा मात्र हैन साँच्चै , ल्याउनु पर्छ रेल देशमा ।
बन्द गरौँ राजनितिको, यो फोहोरी खेल देशमा ।।

अन्याय र अत्याचारले यहाँ, सिमा नाघि सक्यो
बृद्धाश्रम लाई हटाएर, बनाउँ अब जेल देशमा ।।

घुसखोरी, भ्रष्टाचारी, लगायतका अपराधीलाई
दण्ड दिनु पर्छ लगाइ , हतकडी र नेल देशमा ।।

बनाएका निति नियम, सबले पालन गरि अब
हटाउनु पर्छ सबै खाले, जाल अनि झेल देशमा ।।

सबै समस्यालाई बुझि,अघि बढ्नु पर्छ सरकार
विकासको काममा सधैँ , हुनु हुन्न फेल देशमा ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...