Wednesday 17th June 2026

श्रीलंकामा के भईरहेको छ ?


तोयानाथ उपेक्षित, तीतोपाटी / त्यहाँ किन मानिसहरुले खाना नपाउने अवस्था आयो ? किन तेल नपाउने अवस्था आयो ? त्यहाँका राष्ट्रपति गोटावाया राजपक्षेले अहिले किन आर्थिक ईमरजेन्सी घोषणा गरे ?

आर्थिक संकटको दुरावस्थामा गुज्रिरहेको श्रीलंकामा यहि मौका छोपेर व्यपारीहरु कालो बजारी र कृतिम अभावलाई झन बढुवा दिईरहेको पाईएपछि त्यसरी अभाव र संकटका बेला जनता लुट्न उद्यत व्यापारीलाई ठेगान लगाउन भुतपूर्व सैनिक कमाण्डरको नेतृत्वमा एक शक्तिशाली कमाण्ड खडा गरिएको छ ।

विदेशी मुद्राको संचिती घटे संगै श्रीलंकन पैसा अबमुल्यन हुन गएर त्यहाँ महंगाईले आकाश छोएको छ । श्रीलंकाको जिडिपीमा १० प्रतिशतको हिस्सा ओगटेको पर्यटन व्यवशाय कोभिड १९ का कारण घटे पछि श्रीलंकाको अवस्था ओरालो लाग्न थालिसकेको थियो । राजपक्षे सरकारले लिएको एक अर्को नितीले पनि श्रीलंकाको ढाड सेकाउन पुग्यो त्यो हो विश्वमा श्रीलंकालाई विशुद्ध अर्ग्यानिकयुक्त उत्पादन हुने देश बनाउने। यो एक हिसावले मानव स्वास्थ्यका लागि उचित निर्णय त थियो तर खराव समयमा भई दियो । जसको कारण विना मलखाद र रासायिनिक औषधीको अभावमा कृषी उत्पादन तथा चिया खेतीबाट उत्पादन हुने परिमाणमा आधा नै ह्रास आईदियो जसको कारणले आफ्नै मुलुकको आवश्यकतालाई समेत ठुलो असर पारिदियो ।

श्रीलंकन पैसाको अवमुल्यन भएर एक डलर किन्न २०० रुपैया भन्दा बढि श्रीलंकन पैसा तिर्न परे पछि उसले तेल खरिद गर्न ठुलो धन राशी लगानी गर्न पर्ने अवस्था आई दियो जसको कारणले हरेक क्षेत्रमा मुल्यबृद्धी हुन गएर अहिले हाँहाकार मच्चि रहेको छ । कसै कसैले डेप्थ ट्रयाप मा श्रीलंकालाई चाईनाले फसायो भनेर चीनको उ सँगको सम्बन्धलाई बदनाम गर्ने गरि प्रचार पनि गरिरहेका छन तर वास्तविकता त्यो होईन । अहिले पनि चिनले उसलाई आर्थिक संकटबाट उकास्न सहयोग नै गरिरहेको छ ।

हालैका दिनमा श्रीलंकामा देखिएको चरम संकटको दोष राजपक्षे सरकारलाई दिईनु स्वभाविक नै हो । उसले जनताको आक्रोशको सामना गर्न परिरहेको छ । राष्ट्रपति भवनमा नै जनताको आक्रोशित समुह हिंस्रक रुपमा प्रस्तुत भएपछि अहिले कोलम्बो शहरमा कर्फयु र उच्च सुरक्षा सतर्कताको घेरामा छ । श्रीलंकाको सत्तामा राजपक्षे परिवारको हालिमुहाली पनि यो संकटबाट पार नपाउने हो भने समाप्त हुने देखिन्छ  र त्यहाँ ठुलो विद्रोहको संभावनाको विकाश भईरहेको छ । श्रीलंकाको अवस्थालाई हेरेर नेपालले पनि बेलैमा सर्तकता अपनाउन जरुरी हुन्छ ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...