Sunday 5th May 2024

एनआरएनएको अध्यक्षमा ३ जनाको नाम घोषणा, महासचिव पनि २ जना


गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रवीना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् ।

अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले सहमतिमै एनआरएनएको नेतृत्वसहित पदाधिकारीको घोषणा गरेको हो । लामो समयदेखि जारी एनआरएनएको विवाद समाधानका लागि विधान नै संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको हो । शनिबारदेखि सुरु भइ आज सम्पन्न विश्व सम्मेलनलाई एकताको महाधिवेशन भनिएको छ । तर, पूर्वअध्यक्ष शेष घले नेतृत्वमा पनि एनआरएनए अस्तित्वमा रहेको छ । घले समूहले यसअघि नै काठमाडौंमा विश्व सम्मेलन गरेर विनोद कुँवरलाई अध्यक्ष बनाएको छ ।

यस्तै उपाध्यक्ष ११ जना बनेका छन् । जसमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम चयन भएका छन् । यस्तै युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् । यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन् । जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन्।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...