Friday 21st August 2026

एनआरएनएको दशौँ महाधिवेशनको रास्ट्रपतिद्वारा उद्घाटन


गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न राष्ट्रपति भण्डारीको आह्वान,

राष्ट्रपति विद्या देवी भण्डारीले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान गरेकी छिन्। गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पर्यटन प्रवर्द्धन लगायत नेपाललाई विश्वसामु चिनाउन गैर आवासीय नेपालीहरुले पुराउंदै आएको योगदानको प्रशंसा गरिन्।
सन् २०१५ को भूकम्प पछि राहत र पुनर्स्थापनामा गैर आवासीय नेपाली संघले पुराएको योगदानको उनले प्रशंसा गरिन्। कोभिड १९ पछि सहयोगको हात बढाउन प्रवासी नेपालीहरु अग्रपंक्तिमा रहेको भन्दै राष्ट्रपतिले सह्राहना गरिन्।”नेपाली कला संस्कृति, भाषा र भुषा भावी पुस्तामा पनि जीवित राख्नु हुनेछ भन्ने मैले विश्वास लिएकी छु,” उनले भनिन्।समारोहमा बोल्दै गृह मंत्री बालकृष्ण खांडले नेपालमा उद्योग व्यवसाय प्रवर्द्धन गर्ने र लगानी भित्र्याउने कार्यमा सरकारको पूर्ण समर्थन र साथ रहने बताए।
“तपाईंहरुको सम्पत्ति र व्यवसायको सुरक्षाका लागि आवश्यक कानूनी संशोधन गरिने छ। गैर आवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सरकार प्रतिवद्ध छ,” मंत्री खांडले भने।
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले देश समृद्ध भएन भए व्यक्तिगत सफलताको कुनै महत्व नहुने बताए। उनले नेपालीहरुले नै नेपाल बनाउन सक्छन् भन्दै नेपाललाई आर्थिक र बौद्धिक रुपमा समृद्ध बनाउने क्षमता गैर आवासीय नेपालीहरुमा रहेको बताए।
संघका अध्यक्ष कुमार पन्तले अध्यक्षता गरेको समारोहमा पूर्व अध्यक्ष जीबा लामिछाने, पूर्व संरक्षक रामप्रताप थापा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष दिवाकर गोल्छा लगायतले मन्तव्य व्यक्त गरेका थिए। दुइ दिने सम्मेलन आइतबार समापन हुनेछ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...