Tuesday 28th October 2025

प्रवाशका ‘गोरे’हरू (कविता)


कबिता
प्रवाशका ‘गोरे’ हरु
तोयनाथ उपेक्षित

प्रवाशका कयौ गोरेहरु
कोही जेलमा, कोही नेलमा
तर छैन चेतना कतै
सयौ छन अझै, ब्यभिचारी भेलमा
निहत्था जीवनसँग
हालिमुहाली छ तिनको
आदर्श, नैतिकता र मानवताको
कत्ति पनि छैन हेक्का तिनलाई
निरिह माथिको खेलमा
बरु
सम्मान गरिन्छ तिनैलाई
शुक्रबारे भेलामा
वाहा वहाँ
प्रवाशका गोरे साहेबहरु !

गोरे
जसको रुप एक, बिरुप अनेक
कसिलो र सुकिलो
भद्र र सभ्य बनेर
सहयोगको नामको बज्र र करुणाको काल मन्त्राणा गर्दै
ॐ शान्ति ! ॐ शान्ति !!
गलामा रुद्राक्ष लाएर
मन्चमा छाउछन
रुप एक, बिरुप अनेक
प्रवाशका गोरेहरु ।

मुसाहरुको सेवामा
बिचरा मुसाहरुको भेलामा
कृतिम करुणाका दक्षिणा छर्दै
उद्धारका घण्ट बजाउदै
ममताको शंख फुक्दै
सबैलाई मुर्ख बनाउन पोख्त छन
प्रवाशका गोरे बिरालाहरु ।

डुङडुङ गनाए पनि
अत्तर छरेर
तिनका भतेरहरुमा हिङ हालेर
सबैलाई चखाकै छन
रुप एक, करामत अनेक
धेरैलाई छक्याएकै छन
बाठा छन प्रवाशका गोरेहरू ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानी मिडियाका अनुसार इस्लामाबादले आतंकवाद विरोधी प्रयासहरूमा सहयोग सहित प्रमुख सुरक्षा मुद्दाहरूमा तालिबानले "अतार्किक र अलग" अडान लिएको आरोप लगाएपछि…

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...