Saturday 18th April 2026

कुवेतको श्रम बजारमा १९ लाख भन्दा बढी श्रमिक, नेपाल आठौं नम्बरमा


मध्यपूर्वको खाडीको देश कुवेतमा १९ लाख भन्दा श्रमिकहरू रहेको एक तथ्यांक सार्वजनिक भएको छ भने कुवेतमा कार्यरत नेपाली श्रमिकहरू संख्याको आधारमा  आठौं स्थानमा रहेको तथ्यांकले देखाएको छ ।

कवेतबाट प्रकाशित हुने अल कबास दैनिकको रिपोर्टलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत सरकारको केन्द्रीय प्रशासनले तयार गरेको गत सेप्टेम्बर २०२१ सम्मको तथ्यांक अनुसार कुवेतमा पहिलो नं. मा इजिफ्सियन श्रमिकहरू रहेका छन् भने दोश्रोमा भारतीय र तेश्रोमा कुवेती नागरिकहरू रहेका छन् ।

कुवेतमा इजिफ्सियन पुरूष तथा महिला गरि ४५६,६०० श्रमिक रहेको तथ्याङ्कले  देखाएको छ । इजिप्टको श्रमशक्तिले भारतीय र कुवेती श्रमशक्तिलाई पछि पार्दै पहिलो स्थानमा रहेको देखाउँछ जुन कुल श्रमिक संख्याको २४%हुन अाउँछ । त्यसै गरि कुल श्रमिक संख्याको २३.७%  अर्थात ४५१,३०० श्रमिक भारतीय पुरुष र महिला रहेका छन् भने कुल  श्रमिक संख्याको २२.३%  अर्थात ४२४,००० नागरिकका साथ कुवेती श्रमिक तेश्रो स्थानमा रहेको देखिन्छ ।

तथ्याङ्कले देखाएको छ कि बंगलादेशी श्रमिकहरू कूल १६१,१०० अर्थात ८.५% सहित चाैथो स्थानमा, पाकिस्तानी कामदारहरू, कूल ७०,३०० अर्थात ३.७% सहित पाँचाै स्थानमा, फिलिपिनो कामदारहरू ६६,००० अर्थात ३.५%  सहित छैटौं स्थानमा र सिरियाली श्रमिकहरू ६३,२०० अर्थात ३.३% सहित सातौं स्थानमा छन्।

नेपालीहरू कूल ४०,१०० पुरुष र महिला कामदारका साथ २.१% को दरले आठौं स्थानमा छन् । जोर्डनका श्रमिकहरू करिब २५,२०० पुरुष र महिला कामदारहरू १.३% दरले र अ इरानीहरू कुल २०,३०० अर्थात १.१% पुरुष र महिला कामदारहरू रहेका छन् । बाँकी १२५,१०० अर्थात ६.६% श्रमिकहरू अन्य देशका पुरूष तथा महिला कामदारहरू रहेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

लन्डनबाट आएको एक विश्लेषणले देखाउँछ कि अमेरिका–इजरायल–इरानबीचको द्वन्द्व अब टाढाको समस्या मात्र रहेन। यसको असर ग्लोबल साउथका देशहरूमा सिधै देखिन…

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

प्रतिकृयाहरू
...