Saturday 2nd May 2026

चिसो माैसममा रूघाखोकी तथा माैसमी फ्लु लगायतका समस्याबाट कसरी बच्ने ?


तीतोपाटी – जाडोयाममा तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, स्वास प्रस्वास सम्बन्धी समस्या जोर्नी दुख्ने, छाला सुख्खा हुने लगायतका समस्याहरू भइरहन्छन्। सबैभन्दा धेरै भने हामीलाइ नाक बन्द हुने, नाकबाट पानी बग्ने, बढी हाछ्यु अाउने, घाँटी दुख्ने तथा खोकी लाग्ने हुन्छ । यस किसिमको बिरामीलाइ माैसमी रूघाखोकी पनि भनिन्छ । यी सबै सरूवा रोग अन्तर्गत पर्दछन् ।

यस किसिमका रोगहरू संक्रमित व्यक्तिसँगको हेलमेल, संक्रमितले खोक्दा, हाछ्यु गर्दा सर्ने हुन्छन् । बढी मात्रामा चिसो माैसममा यस किसिमको भाइरल फ्लु फैलिने भएकोले यस बाट बच्न विशेष सावधानी अपनाउनु पर्दछ । फ्लुबाट बच्न सकेसम्म सार्वजनिक स्थलमा नजानु नै बुद्धिमानी हुन्छ । संक्रमित व्यक्तिसँग नजिक नहुने, बाहिरबाट आएपछि साबुन पानीले राम्ररी हातखुट्टा, मुख धनुे गर्नुपर्दछ । संक्रमित व्यक्तिले पनि हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ । फ्लुको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

त्यसै गरि रुघाखोकीबाट बच्न चिसोबाट बच्नु नै सबैभन्दा ठूलो उपाय हो । बाहिर निस्कदा मास्क लगाउने गर्नुपर्दछ । साधारण रुघाखोकी भएमा घरमै उपचार गर्न सकिन्छ । तर नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीमा समस्या देखिने वा कानमा समेत समस्या भएमा निकै सावधानी अपनाउनु पर्दछ । चिसो मौसममा बालबालिकालाई उच्च ध्यान दिनुपर्छ ।

समग्रमा,

– जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्ने, हिँड्डुल गर्नै पर्ने भए न्यानो बाक्लो लुगा लगाएर हिँडडुल गर्ने ।
– बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।
– तेल तताएर पुरै शरीरको मसाज गर्ने । बालबालिकाहरूलाइ दैनिकरूपमा तताएको तेलले मसाज गर्ने ।
– तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने । झोलिलो पदार्थ जस्तो विभिन्न प्रकारका सुपहरूको बढि मात्रामा प्रयोग गर्ने ।
– भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने । एकै घरमा रूघाखोकी लागेका वा फ्लुको समस्या भएका व्यक्ति भएमा सबैले मास्कको प्रयोग गर्ने ।
– मौसमी फलफुल विशेष गरेर सुन्तला, ज्यामिर जस्ता भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।
– स्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।
– बालबालीकालाई न्यानो लुगा लगाइदिने तर धेरै बाक्लो लुगा लगाएर नगुम्स्याउने अन्यथा भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।
– हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले लिप केयर, कोल्ड क्रिम वा मोस्चुराइजर क्रिमको प्रयोग गर्ने ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- सरकारले फेरि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ।बुधबार यातायात व्यवस्था विभागले एक…

तितोपाटी- राष्ट्रिय सभामा नेपाली  कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले…

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

प्रतिकृयाहरू
...