Sunday 11th October 2026

कोरोना फैलिन थालेपछि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय


तीतोपाटी डटकम -कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले हिउँदे बिदालाई लम्ब्याउँदै माघ १५ गतेसम्मका लागि सारिएको सिसिएमसीका प्रवक्ता सुनिता नेपालले बताइन् ।

भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे उक्त निर्णय गरिएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ ।

सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ ।

 


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...