Friday 13th March 2026

नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतको ५ औ वार्षिकोत्सव तथा तेश्रो अधिवेशन सम्पन्न


तीतोपाटी – नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतको ५ औ वार्षिकोत्सव तथा तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशनले चन्द्र पाख्रिनको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति पनि सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

गत शुक्रबार कुवेतको खैतान सिटी स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष सुन बहादुर तामाङको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, एनआरएनए आइसीसी सदस्यद्वय हरि लावती तथा माधव पौडेल, अन्तर्राष्ट्रिय संस्था सन्धिगानका मिस्टर सितो लगायतको विशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी, वुद्धिजीवि, कलाकार, खेलाडी एवं नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघमा आवद्ध प्रवासी श्रमिक युवाहरूको उपस्थितिमा तेश्रो अधिवेशन सम्पन्न भएको थियो ।

संघको तेश्रो अधिवेशन समारोहलाइ सम्वोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत भण्डारीले नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघले प्रवासी नेपालीहरूको चहराइरहेको घाउमा मलहम लाउने कार्य गरिरहेकोमा खुलेर प्रसंशा गर्दै नेपालीहरूको स्तरोन्नतीको लागि दूतावास हरदम लागिरहेको बताउँदै सामाजिक र मानविय सेवाका कार्यमा एक अर्कामा हातेमालो गरेर अघि बढ्नु पर्ने बताए । विशेष अतिथि एनआरएनए कुवेतका अध्यक्ष लामाले शुभकामना मन्तव्य दिंदै नारामा लेखे जस्तै ट्याक्सी व्यावसायी संघले नेपालीको सेवामा समर्पित भएर कार्य गरेको बताउँदै व्यावसायी संघ सँग एनआरएनएले पनि सहकार्य गरेर केहि कार्य गरेको बताउँदै यस किसिमका कार्यहरू सबै मिलेर गर्नु् पर्ने बताए । कार्यक्रममा सन्धिगानका प्रमुख मिस्टर सितो, एनआरएनए आइसीसी सदस्य हरि लावती, नेपाली जन प्रगतिशील मञ्च कुवेतका संरक्षक कुमार झापाली, नेपाली जन सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र विरही, प्रवासी नेपाली एकता मञ्च कुवेतका अध्यक्ष युवराज गैरे, कोसेली समुहका अध्यक्ष तथा श्रमिक सञ्जाल कुवेत संयोजक आनन्द आचार्य लगायत विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएका थिए ।

विविध सांस्कृतिक कार्यक्रमहरूको साथमा सम्पन्न गरिएको संघको तेश्रो अधिवेशन समारोहमा संघका प्रथम उपाध्यक्ष तथा अधिवेशन आयोजक मुल समितिका संयोजक मनिश के. सी. ले कार्यक्रम हलमा उपस्थित हुनु भएका सम्पूर्ण अतिथिहरूलाइ स्वागत गरेका थिए भने कोभिड महामारीको समयमा श्रमिकहरूलाइ राहत उद्दारको कार्यमा सहयोग गरेको भन्दै एनआरएनए कुवेत, श्रमिक सञ्जला कुवेत र सन्धिगान कुवेतलाइ सम्मान समेत गरिएको थियो ।

राष्ट्रिय गान, दीप प्रज्वलन तथा पाँचाै वार्षिकोत्सव विशेष केक काटेर शुरू भएको संघको कार्यक्रममा विभिन्न संघ संस्थाको नेतृत्व गरि संरक्षकत्व प्रदान गर्दै हाल एनआरएनए कुवेतको उपाध्यक्ष रहेका टिकाराम आचर्यको सहजीकरणमा सुजन घिसिङ तथा भूमिराज राइले संयुकत रूपमा कार्यक्रम संचालन गरेका थिए भने तमु प्ये ल्हु संघ कुवेतका कलाकारहरू तथा भरखरै एनआरएनए आइड जितेका लोक पप गायक बी बी मल्ल ठकुरी लगायतले सांस्कृतिक प्रस्तुति दिएर अधिवेशन समारोहलाइ मनोरन्जन प्रदान गरेका थिए ।

उद्घाटन सत्र र वन्द सत्र गरेर दुइ चरणमा संचालन गरिएको तेश्रो अधिवेशन समारोहमा निर्वाचन संयोजक रहेका भूमिराज राइले निर्वाचन प्रकृया पुरा गरेर सर्व सम्मत रूपमा चयन भएका कार्यकारीहरूको नामावली सार्वजनिक गर्दा हलबाट गडगडाहट तालीका साथ स्वीकृत गरि नयाँ कार्य समिति निर्वाचित गरिएको थियो ।

नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघको तेश्रो अधिवेशनबाट निर्वाचित भएको नयाँ कार्यकारी समिति निम्न बमोजिम रहेको छः

संरक्षकः सुन बहादुर तामाङ
अध्यक्षः चन्द्र पाख्रिन
प्रथम उपाध्यक्षः निरज पुन मगर
द्धितिय उपाध्यक्षः रमेश लिम्बु
महासचिवः हरि थापा
सचिवः तिल बहादुर खजुम
सह-सचिवः टंक बहादुर आले मगर
कोषाध्यक्षः गोपाल गुरूङ
सह-कोषाध्यक्षः अकविर मोक्तान
प्रवक्ताः कुमार गुरूङ


सम्बन्धित शीर्षकहरु

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

प्रतिकृयाहरू
...