Sunday 13th September 2026

गजल


गजल
घर छोडी पसें खाडी,मुग्लान र भोट आमा
पाउन सकिएन कतै, पैसा फल्ने बोट आमा ।।

पाइएन अवसर केहि, स्वदेश मै बस्दा पनि
ज्यानै बाजी लाउनु पर्ने, कमाउन नोट आमा ।।

मरुभूमि तातो हावामा,खुन ,पसिना बगाएर
जति राम्रो गरे पनि, लाउँछ सधैँ खोट आमा ।।

सिपमूलक शिक्षा लिइ,आउनु पर्ने रैछ यहाँ
मेसिनमा काम गर्दा, लाग्छ सधैँ चोट आमा ।।

थोरै पैसा पठाउँछु, साहुलाई पछि तिर्नुपर्छ
हजुरले फेर्नुस् चोली, बुवाले नि कोट आमा ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर

 


सम्बन्धित शीर्षकहरु

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।…

स्वीडेनमा आइतबार आम निर्वाचनका लागि मतदान भएको छ। यस चुनावमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री म्याग्डालेना…

प्रतिकृयाहरू
...