Sunday 11th January 2026

गजल


गजल
घर छोडी पसें खाडी,मुग्लान र भोट आमा
पाउन सकिएन कतै, पैसा फल्ने बोट आमा ।।

पाइएन अवसर केहि, स्वदेश मै बस्दा पनि
ज्यानै बाजी लाउनु पर्ने, कमाउन नोट आमा ।।

मरुभूमि तातो हावामा,खुन ,पसिना बगाएर
जति राम्रो गरे पनि, लाउँछ सधैँ खोट आमा ।।

सिपमूलक शिक्षा लिइ,आउनु पर्ने रैछ यहाँ
मेसिनमा काम गर्दा, लाग्छ सधैँ चोट आमा ।।

थोरै पैसा पठाउँछु, साहुलाई पछि तिर्नुपर्छ
हजुरले फेर्नुस् चोली, बुवाले नि कोट आमा ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर

 


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...