Tuesday 24th February 2026

नेपालले आजदेखि मेसिन रिडेबल पासपोर्ट विस्थापित गरि इ-पासपोर्ट जारी गर्ने


तीतोपाटी – नेपालले आजदेखि मेसिन रिडेबल पासपोर्ट विस्थापित गरी इलेक्ट्रिक पासपोर्ट जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधवार अपराह्ण राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक) पासपोर्ट जारी गर्ने तयारी गरेको हो।

विभागका निर्देशक शरदराज आरनका अनुसार आज परीक्षणका रूपमा इ-पासपोर्ट सार्वजनिक हुनेछ। भोलि मंसिर २ गतेदेखि सीमित संख्यामा सर्वसाधारणका लागि यस्तो पासपोर्ट जारी गरिनेछ। मंसिर १५ गतेदेखि भने पूर्ण रूपमा इ–पासपोर्ट जारी गरिने उनले बताए।

अब जारी गरिने पोलिकार्बोनेटसहितको इ–पासपोर्ट हो। यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ। चिपमा औंठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरण राखिन्छन्। ती विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न सक्दैनन् ।

विभागले सात किसिमका इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ। हाल कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ किसिमका जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्ट थप गरिने भएको छ ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...