Thursday 22nd October 2026

सीता बिष्ट कार्की (सीबिका)का दसैँ विशेष षड्ऋतुहरु


दशै विशेष षड्ऋतुहरु

१)शुन्दर बिहान
दसैंको दिनमा
उमङ्ग मनमा
विश्वास लिनेछौ
विजयी हुनेछौ
देवीको भक्तिले

२)जयन्ती मङ्गला
काली भद्रकाली
अनि कपालीनि
यी मन्त्र पढेर
दिइ आशिर्वाद
शान्तिको संवाद

३)शुक्ल प्रदाबाट
शुरु नि भएको
नेपालीको चाड
दशै हो महान
संस्कृति हो शान
मालश्री हो गान

४)बादल भाग्दैछ
शरद जाग्दैछ
बोकेर उमङ्ग
फुलेर चमेली
झुलेपछि बेली
सयपत्री दङ्ग ।

५)हाँसीखुसी बनी
देवी मन्त्र पढौ
दुर्गाभवानीले
सर्व रक्षा गरून्
सद्बभावना छ
शुभकामना छ ।

सीता बिष्ट कार्की (सीबिका)
काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...