Wednesday 1st July 2026

चर्चित हास्यकलाकार मनोज गजुरेलले गरे दोश्रो विवाह


तीतोपाटी – चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग लगनगाँठो कसेका हुन् । एक्लो जीवन बिताउन गाह्रो नै हुने र आफ्ना छोराछोरीको चाहना समेत बुझेर दोस्रो बिहे गर्ने निष्कर्षमा पुगेको उनले बताएका छन् ।

सोमबार भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेपछि गजुरेलले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन् । उनले सहयात्री मन्जु पनि एकल महिला रहेको र उस्तै परिवेशबाट गुज्रिएको बताएका छन् । ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं,’ उनले लेखेका छन् ।

चार वर्षअघि पहिलो श्रीमती मीना ढकालसँग कानुनी रुपमा नै सम्बन्धविच्छेद गरेका गजुरेलले अब दोस्री पत्नीसँग एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गरेको बताएका छन् । ‘अगाडि आईपर्ने सुख–दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गर्यो,’ उनले लेखेका छन् ।

तस्बिर मनोज गजुरेलको फेसबुकबाट


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

प्रतिकृयाहरू
...