Monday 12th May 2025

नेपालले ओमानलाई हरायो, कप्तान ज्ञानेन्द्रको अर्धशतक


तीतोपाटी डटकम-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो।

आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.२ ओभरमै पूरा गर्‍यो।नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५२ रन जोड्ने क्रममा ४६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे।

ज्ञानेन्द्रले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले अमेरिकाविरुद्धको अघिल्लो खेलमा ५५ रन जोडेका थिए।ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा आसिफ शेखले ४० रनको योगदान गरे। आसिफले ४४ बलमा ७ चौका प्रहार गरे।रोहित पौडेल ६ रनमा आउट हुँदा शरद भेषवाकरले नटआउट १ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो।ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे। करण केसीबाट बोल्ड हुनुअघि उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

ओपनर जतिन्दर सिंहले १३ रन र नसीम खुसीले १२ रन बटुले। यस्तै कलीमुल्लाहले ११ रन जोडे। ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिन सफल भए। करणले ८ ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए।सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दा १८ रन दिए।

एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका शरद भेषवाकरले २ विकेट लिन सफल भए।ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलमा दुई खेलमा जित र दुई खेलमा हार बेहोर्‍यो।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पिएको थियो।

लिग-२ को अंक तालिकामा नेपाल ८ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। नेपालले ८ मध्ये ४ खेलबाट जित र ४ खेलमा हार बेहोरेको छ।ओमान १३ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।
@सेतोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

प्रतिकृयाहरू
...