Tuesday 10th November 2026

भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-१ ले पराजित


तीतोपाटी – भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको छ । आज आइतबार दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका थिए ।

यसैबीच खेल सकिन ५ मिनेट अघि तेज तामाङले नेपालका तर्फबाट एक गोल फर्काउन सफल भए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए ।

यसअघि विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा नेपालले अग्रता लिएपनि भारतले बराबरी गोल फर्काएको थियो ।

आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

 


सम्बन्धित शीर्षकहरु

गादी आइसेनकोट इजरायलका पूर्वसेना प्रमुख तथा राजनीतिज्ञ हुन्। बेन्जामिन नेतन्याहूको राजनीतिक विकल्पका रूपमा उदाएका आइसेनकोटले इजरायलको नेतृत्व, सुरक्षा नीति र…

काठमाडौं। भारतीय सेनाको अग्निपथ योजनामा गरिएको महत्त्वपूर्ण परिवर्तनपछि भारतीय सेनामा नेपाली गोर्खा युवाको भर्ती पुनः सुरु हुन सक्ने विषयले नेपालमा…

रियाद। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद तथा पूर्वी प्रान्तलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी अरबको हवाई प्रतिरक्षा…

प्रतिकृयाहरू
...