Thursday 15th October 2026

रिता खरालका पाँच मुक्तकहरू


प्यारी आमा तिमी जिम्मेवारी काधँमा बोकेर हिड्छ्यौ ,
घाँस दाउरा गरी बच्चा पनि स्याहार गर्दै छोपेर हिड्छ्यौ ,
तिम्रो मिठो माया अपार छ, मान्नुपर्छ तिमीलाई आमा,
हरेक चोट सहेर पनि आफ्नो खुसि सबै पोखेर हिड्छ्यौ ।।

(१)

पीडाहरुलाई भुलेर रमाउन खोजे पनि ,
मायाको हात सधैँ समाउन खोजे पनि ,
सोचे जस्तो कहिल्यै हुँदो रहेनछ जिन्दगीमा,
दु:खेको मनलाई थमाउन खोजे पनि ।।

(२)

समान व्यवहार गरेपछि बन्छन् सबै मित्र,
बाहिर ठिक्क पारेर कुरा काट्छन् धेरै भित्र,
सबैको उस्तै नहुने रैछ व्यवहार अनि बुद्धि पनि,
जसले कर्म गर्छ उसको बन्छ जीवन नयाँ चित्र ।।

(३)

प्रकृतिको साथमा रमाउन खोजे पनि,
छुट्टै संसार आफ्नो बनाउन खोजे पनि,
चाहेर मात्र हुँदैन आफ्नो स्थिति हेर्नुपर्छ,
जीवन लक्ष्य अनुसार चलाउन खोजे पनि ।।

(४)

गरिबलाई त नहेरी हिँड्छन् यहाँ,
आफ्नो मात्र पर्बाह गरी भिड्छन् यहाँ,
स्वार्थी यो दुनियाँ यस्तै छ के गर्नु,
राम्रो गर्नेलाई उस्तै परे गिँड्छन् यहाँ ।।

(५)

 

-रिता खराल , रुपन्देही


सम्बन्धित शीर्षकहरु

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

प्रतिकृयाहरू
...