Wednesday 14th October 2026

पत्रकार महासंघको कोभिड राहत कोषका लागि कुवेतका पत्रकारहरुको आर्थिक सहयोग


तीतोपाटी डटकम-कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको “कोभिड राहत कोष”का लागि नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले ५० हजार नेपाली रुपैया आर्थिक सहयोग गरेको छ।

नेपाल पत्रकार महासंघका महासचिब रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजवाल लगाएतको उपस्थितिमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका निबर्तमान अध्यक्ष हरि कृष्ण न्यौपाने,निबर्तमान कोषाध्यक्ष प्रदिप नेपाली तथा प्रवासी नेपाली पत्रकार सन्जालका दामोदर नेपालले उक्त सहयोग रकम महासंघको केन्द्रिय कार्यालयमा हस्तान्तरण गरेका थिए।

साउन १२,२०७८(जुलाई २३,२०२१)सोमबारका दिन उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।उक्त सहयोग हस्तान्तरण पछी महासचिब रोशन पुरीले बिदेशको ठाउँमा पसिना बगाउदै नेपाली समाजका लागि पत्रकारिता गरिरहेका नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका पत्रकारहरुलाई आर्थिक सहयोगका लागि धन्यवाद दिदै कोभिड राहत कोषमा जम्मा भएको रकमलाई सही ठाउँमा सदुपयोग गरिने बताए।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...