Thursday 15th January 2026

एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन


तितोपाटी- दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढल्नुभएको थियो । बेहोस भएपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उहाँलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उहाँ हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।

उहाँको निधनलाई एनआरएन कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ । उहाँको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ । भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती र छोराछोरी हाल नेपालमा छन् । हाल शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ । साभार गोरखापत्रबाट

 


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...