Tuesday 5th August 2025

जापानमा सन १९९० मा सरिन ग्यास अाक्रमण गर्ने ६ जनालार्इ मृत्युदण्ड दिइयो


तितोपाटी – जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमण समेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप ६ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ ।

यस हत्यामा संलग्न १३ जना मध्येका सात जनालाई तीन साताअघि नै फाँसी दिइएको थियो । सन् १९९० मा भूमिगत रेलमार्गमा सरिन ग्यास आक्रमण गरी १३ जना रेलयात्रुको हत्या गरेका थिए ।

यस समूहका सदस्यहरुले यात्रुहरुले भरिभराउ भूमीगत रेल जापानको मुख्य सरकारी जिल्लास्थित कासुमीगासेकी रेल्वे स्टेशन पुग्नै लाग्दा स्नायू प्रणालीमा असर पार्ने सरिन ग्यास आक्रमण गरेका थिए । आज मृत्युदण्ड दिइएका ६ जनामध्ये चार जनाले रेलभित्र सरिन ग्यास आक्रमण गरेका थिए ।

तीन हप्ताअघि मृत्यु दण्ड दिइएका सात जनामा सो हत्याकाण्डको नेतृत्व गर्ने तथाकथित धार्मिक नेता शोको आशाहारासमेत थिए । उक्त काण्डका प्रमुख उनी नै भएको प्रमाणित भएको थियो ।

तत्कालीन सरकारलाई पदच्यूत गरी प्रलयकारी परिस्थिति ल्याउने परिकल्पना गरेको यस शोको आशाहारा समूहले रासायनिक, जैविक र परम्परागत हातहतियार भण्डार गरेको थियो ।

जापानमा एकै महिनाको अवधिमा यतिधेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो, जापानका न्यायमन्त्री योको कामीकावाले बताए । उनले भने– ‘यो अक्षम्य अपरोध हो । यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने हामी चाहन्छौं ।’

फाँसीको सजाय दिइएका यी व्यक्तिमाथि सन् १९९५ मा जापानको टोक्योनजिकै माउन्ट फुजी आसपास एकै स्थानमा २७ जना जापानी नागरिककोे हत्या गरेको आरोप पनि लागेको छ ।

जापानमा निकै लामो अनुसन्धानपछि पत्ता लागेको यो घटनालाई एक कुख्यात हत्याकाण्डको रुपमा लिइएको छ । यस विषाक्त ग्यास आक्रमणबाट कम्तीमा छ हजार व्यक्ति नराम्ररी बिरामी परेका थिए ।

यो समूहमा कुनैबेला जापानमा १०,००० र रुसमा ३०,००० जना अनुयायी रहेको दाबी गरिएको थियो । जापान सरकारले यो समूहलाई प्रतिबन्ध लगाएको थियो ।


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...