Friday 24th April 2026

नेपाली कथानक चलचित्र ‘बोबी’कुवेतमा प्रदर्शन हुँदै


तितोपाटी- नेपाली कथानक चलचित्र ‘बोबी’द रियल लभ स्टोरी कुवेतमा प्रदर्शन गरिने भएको छ। नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALL मा दिउसोको ठीक १:३० बजे बाट ४ बजे सम्म प्रदर्शन हुने भएको छ। भने दोस्रो सो कुबेत को फाहिल स्थित (अजीअल मल) मा दिनको ठीक ३: ३० बजे बाट बेलुकी ६:३० बजे सम्मा प्रदर्शन जानकारी दिएको छ।

निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्मित फिल्म ‘बोबि’ले दर्शकको साथ ,माया पाउन सफल भएको छ । समसामयीक तथा व्यवहारिक जीवनमा आई पर्ने कथावस्तुमा आधारीत यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सवै नागरिकलाई जीवन जीउन तथा संघर्षका जीवन जिउनको निम्ती एउटा सन्देश जसले जीवन जिउनको निम्ती प्रेरणादायी हुने देखिन्छ ।

उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’मा उनीहरुकै अभिनय छ रहेको ले पनि दर्शकले मन पराएका छन् । नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त फिल्म नेपालभरी प्रदर्शन भएको छ। भने उक्त चलचित्र फ्रान्स, युके, सिंगापुर, युएसए, हङकङ,कुबेत मा धमाधम प्रदर्शन हुँदै छ। ‘बोबी’फिल्म प्रदर्शन बारे बिबिध जानकारीको लागि संपर्क : 66917688, 60025751, 60030356,


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...