सदा जस्तै नाति नातिनाले हजुरआमालाई घेरेर कथा सुनाउँन अनुरोध गर्छन् । हजुरआमाले ,ध्यान दिएर सुन्नुपर्छ है भन्दै थिइन् ,एकै स्वरमा हुन्छ भन्ने आवाज आउँछ । के सुनाउँ त सोच्दै…..। एकैछिन पछि ल सुन है त कथा भन्न थाल्नु हुन्छ , केटाकेटी वरिपरि झुम्मिन्छन् ।
कुनै गाउँमा एउटा किसानको परिवार रहेछ , तिनीहरू निकै परिश्रमी रहेछन् । गाई , गोरु, बाख्रा पालेर जिविकोपार्जन गर्दथे । उसको एउटा सानो छोरो थियो , उसको नाम वीेरबहादुर हो । बिचमा एउटा प्याच्च बोल्छ ,“ मेरो साथीको नाम पनि वीरबहादुर हो नी आमा ।” चुपलाग भन्दै फेरि आमा कथा सुनाउन थाल्नु भो , जसोतसो गरेर वीरबहादुरलाई हुर्काउँछन् ,पढाउन लेखाउन अनेकन दु ःख कष्ट गर्दथे । एकैछिन फुर्सद भयो कि भारी बोक्न जान्थे , फर्किदा छोरा र श्रीमतीलाई फलफूल , कापी , कलम र लुगा पनि ल्याइदिन्थे । यी कुराले वीरबहादुर निकै खुशी हुन्थ्यो र बाबुको काखमा लुटपुटिन्थ्यो ।
उनीहरूको परिवार मिहिनेती र मिलनसार थियो । ऊ विद्यालय जाने आउने र गृहकार्य गर्ने गथ्र्यो । घरि घरि केटाकेटीहरू मेरो बुबाले पनि ल्याइदिनु हुन्छ भन्दै कराउँथे , आमाले रोक्न खोज्दै …….नबोली सुन है भन्दै तिमीहरूले वीरबहादुरले जस्तै पढ्नु पर्छ बुझ्यौ ? सुमनले कापी लिएर लेख्न खोज्दै थियो ,आमाले कथा सुन्नको लागि प्ररित गर्नुहुन्छ । सबै चुपचाप सुन्दै ऊ पढ्न अब्बल छ , बा आमाको दु ःख बुझ्छ , कक्षामा अनुशासित छ , कक्षामा प्रथम , द्वितीय हुन्छ । बिनिताले आफू द्वितीय भएको कुरा सुनाउँछे , आमा स्याबासी दिनुहुन्छ ।
कथा सुन्दै जादा केटाकेटी उत्सुक हुन्छन् , अब के हुन्छ नी हजुरआमा ? हजुरआमा भन्दै जानुहुन्छ , “उसलाई सबै शिक्षकले माया गर्छन् र साथीहरूले पनि । ऊ मिहिनेत गरी पढ्छ , साथीहरूलाई पनि सिकाउँछ , फुर्सदको समयमा बा आमालाई सघाउँछ , मेलापात जान्छ अनि घरको सरसफाई पनि । फुर्सदको समयमा आफूले जानेका कुराहरू सुनाउँछ । उसका कुरा सुन्न पाउँदा सबै खुशीले गद्गद् हुन्छन् । ”
पाँच , छ वर्ष पछिको कुरा हो , एस ,इ ,इ मा राम्रो अङ्क ल्याएर पास गर्यो र उच्च शिक्षापढ्नको लागि शहर गयो ,त्यहाँ उसले उच्च शिक्षा पढ्न छात्रवृत्ति पाएछ , ऊ कडा मिहिनेत गरी पढ्छ , उसलाई घरको चिन्ता हुदैन । एघार , बाह्रमा उत्कृष्ट अङ्क ल्याई पास गर्यो । “वीरबहादुर जस्तै पढ्नु पर्छ हगि, हजुरआमा” गीताले भनिन् । कसैले बोलाएको आवाज आउँछ भित्रबाट , सबै चुपचाप………सन्नटा छाउँछ । फेरि कथा सुरु हुन्छ , वीरबहादुरलाई सरकारी कोटामा ःद्यद्यक् पढ्न जाने अवसर मिल्छ , सबैले एकैसाथ ताली पड्काउँछन् पट्ट्ट्ट्……।
“अब ऊ विदेश जान्छ हगि हजुरआमा ?” सबिताले प्रश्न गरिन् । हो , भन्दै कथा सुरु गर्नुहुन्छ , वीरबहादुरको परिवार खुशी भई सबैलाई मिठाई बाँड्छन् । गाउँमा वीरबहादुरको गुणगान चल्छ ,सबैले बधाई दिन्छन् ।
छ ,सात वर्ष पश्चात , पढाइ सकेर आफ्नो गाउँ फर्कन्छ डा. वीरबहादुर ,ऊ गाउँको सेवामा खटिन्छ । सबैले उसको प्रसंशा गर्छन् । बिहान ८ः०० बजेदेखि नै जनताको उपचारमा जान्छ । अहिले उसलाई कत्ति पनि फुर्सद छैन , हेर, नानी बाबु हो ११ मिहिनेतको फल मिठो हुन्छ भनेको यही हो । अहिले उसलाई सबैले डा. साहेव भनी चिन्दछन् । त्यो महान व्यक्ति को हो चिन्दछौ तिमीहरू ? नाईं, चिन्दैनौ । को हो नी हजुरआमा ? एकै स्वरमा , त्यो तिमीहरूकै बाबा हो मेरो एकमात्र प्यारो छोरो । कथा सकिन्छ ,छिनभरमा सन्नटा छाउँछ ।
-इन्दिरा ज्ञवाली पौडेल
तानसेन, पाल्पा ।