Wednesday 12th November 2025

कुवेतमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म मोटरसाइकलद्वारा होम डेलीभरीमा रोक लगाइने


तितोपाटी- कुवेतमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म मोटरसाइकलद्वारा गरिने होम डेलीभरी कार्यमा रोक लगाउने भएको छ।

पछिल्लो समय कुवेतको तापक्रम निकै बढेको र उक्त तापक्रम आगामी महीना सम्म जारी रहने भएकोले मोटरसाइकलमा सवार चालकलाई स्वास्थ्य समस्या हुने बताउदै कुवेतका श्रमिक सभाको कार्यकारी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै अगस्ट महीना सम्मको लागी मोटरसाइकल डिलीवरी कार्यलाई रोक लगाउनू पर्ने बताएका छन।

चर्को घाममा यसरी चालकलाई खाना वितरणको काम लगाउनु दुर्भाग्यपूर्ण बताएका बताए।

काउन्सिलले जनशक्तिको लागी सार्वजनिक प्राधिकरण (पाम) लाई यसको जिम्मेवारी वहन गर्न र यी कार्यहरु रोक्ने निर्णयलाई कार्यान्वयनमा छिटो ल्याउनु पर्ने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...