Monday 13th July 2026

कुवेतमा खोप नलगाएका नागरिकहरु मलमा प्रवेश गरे ५ हजार जरिवाना लाग्ने


तितोपाटी- कुवेतमा कोरोना खोप नलगाएका नागरिकहरुलाई सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका), रेष्टुरेन्ट, शैलुन,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा प्रवेश गर्न रोक लगाए संगै कानुनको उल्लंघन गरेको पाइए ठुलो मात्रामा जरिवाना हुने बताइएको छ।

झण्डै ९० हजारको हाराहारिमा नेपाली श्रमिकहरु रहेको कुवेतमा यहाँको आन्तरिक मन्त्रालयले दुई पटक खोप प्राप्त नगरेको र नियम उल्लंघन गरेको पाइए जो कोहीलाई पनि ५ हजार केडी(नेरु करिब उन्नाइस लाख) जरिवाना हुने जनाएको छ ।

६ हजार वर्ग मीटर भन्दा ठूला सबै मल र वाणिज्य परिसरहरूमा सुरू गरिएको उक्त निरीक्षण अभियान कुवेत नगरपालिका टोलीले हिजो आइतबार बिभिन्न स्थानहरु निरीक्षण गरिरहेको छ।

उक्त मलहरुमा प्रवेश गर्नको लागी दुई पटक खोप अनिवार्य लगाउनू पर्ने र My Kuwait ID” वा “Immune” आफ्नो मोबाइलमा डाउनलोड गरेको भए मात्रै प्रवेशमा अनुमती दीइने भएको छ।

कस-कसले प्रबेश पाउछन त सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका), रेष्टुरेन्ट, शैलुनह,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा?

-कोभिड भ्याक्सिनका २ वटै डोज लगाएका ब्यक्तिहरु 

-कोभिड भ्याक्सिनका १ डोज भ्याक्सिन लगाएको १४ दिन कटेका ब्यक्तिहरु 

-कोभिड संक्रमण भई ९० दिन ननाघेका ब्यक्तिहरु 

-स्वास्थ्यको कारण कोभिड भ्याक्सिन लगाउन नहुने ब्यक्तिहरु तर सम्बन्धित निकाय(कुवेत श्वास्थ्य मन्त्रालय)ले प्रमाणित गरेको हुनु पर्ने।

-१६ बर्ष मुनिका ब्यक्तिहरु


सम्बन्धित शीर्षकहरु

थाइल्याण्डको राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको रोङ बियर ना लाट फ्राओ बार तथा रेष्टुरेन्टमा आइतबार राति भएको भीषण आगलागीमा कम्तीमा…

काठमाडौं। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको घटनाले देशलाई स्तब्ध बनायो। घटनापछि सरकार,…

अनलाइन'को नाममा फेरि दूतावास धाउनुपर्ने बाध्यता ? नेपाली दूतावास कुवेतको नयाँ प्रणालीमाथि घरेलु कामदारका गम्भीर प्रश्न कुवेत। कुवेतस्थित नेपाली राजदूतावासले…

प्रतिकृयाहरू
...