Wednesday 2nd September 2026

कुवेतमा कामदारलाई चर्को घाममा काम लगाउने २८१ कम्पनीहरु कारबाहीमा


हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम; कुवेतले अत्याधिक गर्मीका कारण हरेक बर्ष जुन-१ देखी अगष्टको अन्तिम सम्म खुल्ला क्षेत्रमा(प्रतक्ष घाम मुनी)बिहान ११ बजे बाट दिनको ४ बजे सम्म काम नगर्नु-नगराउनु भनी जारी गरेको नियम उल्लंघन गर्ने २८१ कम्पनीहरुलाई कारबाही गरेको छ।

पब्लिक अथोरिटी फर म्यानपावर(PAM) का प्रवक्ता असिल अल–मजैदका अनुसार ३७७ वटा कम्पनीमा गरिको अनुगमनका क्रममा २८१ कम्पनीलाई कामदारहरुको सुरक्षा सहितको नियम नमानेकोमा सचेत गराइएको छ।

त्यस्तै अनुगमनका क्रममा ४३९ जना कामदारहरुलाई पक्राउ गरिएको र १३५ वटा कम्पनीले मात्र कामदारहरुको सुरक्षा सहितको नियम मानेको पाइएको अरब टाइम्समा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

प्रतिकृयाहरू
...