Wednesday 12th November 2025

कुवेतमा कामदारलाई चर्को घाममा काम लगाउने २८१ कम्पनीहरु कारबाहीमा


हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम; कुवेतले अत्याधिक गर्मीका कारण हरेक बर्ष जुन-१ देखी अगष्टको अन्तिम सम्म खुल्ला क्षेत्रमा(प्रतक्ष घाम मुनी)बिहान ११ बजे बाट दिनको ४ बजे सम्म काम नगर्नु-नगराउनु भनी जारी गरेको नियम उल्लंघन गर्ने २८१ कम्पनीहरुलाई कारबाही गरेको छ।

पब्लिक अथोरिटी फर म्यानपावर(PAM) का प्रवक्ता असिल अल–मजैदका अनुसार ३७७ वटा कम्पनीमा गरिको अनुगमनका क्रममा २८१ कम्पनीलाई कामदारहरुको सुरक्षा सहितको नियम नमानेकोमा सचेत गराइएको छ।

त्यस्तै अनुगमनका क्रममा ४३९ जना कामदारहरुलाई पक्राउ गरिएको र १३५ वटा कम्पनीले मात्र कामदारहरुको सुरक्षा सहितको नियम मानेको पाइएको अरब टाइम्समा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...