Saturday 22nd August 2026

तारा प्रसाद चापागाईंका दश टुक्का


१.खुसीमा बितोस हरेक छिन
मनदेखी कामना शुभ दिन ।

२.माया गर नजाउ है छोडेर
चोट दिई अन्तै मन मोडेर ।

३.चौतर्फी खोजी गरें ईश्वर देखिएन्,
मेरो मात्रै किन होला भाग्य लेखिएन् ।

४.तिम्रो बाटो पछ्याउँदै मेरा पाइला सारौंला,
जिन्दगीको डुङ्गालाई दुवै मिलेर तारौंला ।

५.ब्यर्थैमा नबगाऊ भो आँसुको खोला,
तिमीलाई सुम्पेको छु मेरो यो चोला ।

६.सुर ताल थाहा छैन बिरहको गीत गाएँ,
तिम्रो साथ मिलोस भनी धेरै मन्दिर धाएँ।

७.माली बन्नु बगैचाको सधैं साथ दिउँला,
फूल झैं फक्रिएर तिम्रै दिलमा जिउँला।

८.चोखो मायाँ देऊ प्रिय जुन तारा माग्दिन,
तिम्रो न्यानो साथ छोडी अन्त कतै भाग्दिन ।

८.श्वास फेर्न गार्हो भयो उपचार खोई,
यस्तै भयो मरन कोही नबस्नु रोई ।

९.मलाई सम्झी नरुनु नआउ हेर्नलाई,
मौका तिमीलाई मिलेन कात्रो बेर्नलाई ।

१०.जलाई दिनु मेरो लाश अन्त कोरोना नसरोस्,
छट्पटीदै तडपिएर मैले झैं मर्नु नपरोस् ।

✍️तारा प्रसाद चापागाईँ
धुनिबेशी न.पा.-९, धादिङ
हाल काठमाडौं


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...