Thursday 11th December 2025

सभामुखद्वारा झाडु लगाएर स्वच्छ वातावरण अभियानको शुरूवात


तितोपाटी डट कम –

सभामुख कृष्णबहादुर महराले शंखापार्कमा झाडु लगाएर स्वच्छ वातावरण महाअभियान–२०७५ सुरु गरेका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबारदेखि स्वच्छ वातावरण महाअभियान सुरु भएको हो । सभामुख महराले काठमाडौंस्थित शंखपार्कको सडकमा झाडु लगाएर यसको उद्घाटन गरे ।

‘स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्छ’ उनले भने, ‘सरसफाइ आफूबाटै शुरु गरौं, एक–एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ ।’

सरसफाई आम नागरिकको स्वास्थ्य, इज्जत, स्वस्थ र सबल जनशक्ति निर्माणसँग जोडिएको भन्दै उनले वातावरण दिवसकै दिनदेखि शुरु भएको अभियानले स्वच्छ देश निर्माणको यात्रालाई सफल बनाउने विश्वास व्यक्त गरे ।

सरसफाई कार्यक्रम अन्तर्गत शंखपार्कबाट सडक छेउछाऊको फोहर उठाउँदै शुरु भएको कार्यक्रम विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुन: शंखपार्कमा पुगेर समापन गरिएको थियो । सरसफाइ कार्यक्रममा सभामुख महराका साथै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी र उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

अमिताभ ठाकुरले हालै एक संवेदनशील राजनीतिक–अपराध मुद्दामा सार्वजनिक टिप्पणी/वीडियो जारी गरे, जसलाई “उत्तेजनात्मक, भ्रामक वा तनाव उत्पन्न गर्ने” भन्दै एफआईआर…

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि…

सीरियामा एक वर्षअघि बशर अल–असदले युद्ध जितेको मानिएको थियो, तर परिस्थिती अचानक उल्टियो। उत्तरी सीरियाको इदलिबबाट अहमद अल–शरा ९उपनामस् अबू…

प्रतिकृयाहरू
...