Saturday 22nd August 2026

कृष्ण शर्मा ‘सुमु’ को झरना – १


“झरदेखी झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर


गतिशील छ निरन्तर सबैको व्यस्तता,
मान्छे भएपछि बाँच्नु पर्ने हुन्छ बाध्यता।।


कहिले ठोक्करले सकियो यहाँ बाँच्न
कहिले दु:खले सकियो आफै नाच्न।।


लाहुरेको भोगाइ कति नमिठो लाग्छ
परिवार सम्झे मनले घर धेरै ताक्छ।।


पीडामा पिउनु मात्र नसिकाउनु प्रिय,
पीडामा जिउनु मात्र सिकाउनु अब प्रिय।।


खबर के लेखेर पठाउनु र तिमीलाई,
हालचाल यस्तै छ के बताउनु तिमीलाई ।।


परदेशमा तिम्रो यादले धेरै सताउछ,
बाच्ने रहरहरु मिठो बनाई हँसाउछ।।


हारेर जित्नु पनि सिक्नु पर्छ
मैदानमा धेरै बेर टिक्नु पर्छ।।


कति शब्दले पोलेर जान्छ,
कति शब्दहरू बोलेर जान्छ।।


मानव जिन्दगी हाँसेर बिताउनु छ,
पीडाहरू अब छातीमा लुकाउनु छ।।

१०
तिम्रो वियोगमा लडेको छु म,
जिउँदै आज यता मरेको छु म।।

कृष्ण शर्मा ‘सुमु’
सिलिगुडी
हाल: राँची, भारत ।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...