Tuesday 7th May 2024

कृष्ण शर्मा ‘सुमु’ को झरना – १


“झरदेखी झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर


गतिशील छ निरन्तर सबैको व्यस्तता,
मान्छे भएपछि बाँच्नु पर्ने हुन्छ बाध्यता।।


कहिले ठोक्करले सकियो यहाँ बाँच्न
कहिले दु:खले सकियो आफै नाच्न।।


लाहुरेको भोगाइ कति नमिठो लाग्छ
परिवार सम्झे मनले घर धेरै ताक्छ।।


पीडामा पिउनु मात्र नसिकाउनु प्रिय,
पीडामा जिउनु मात्र सिकाउनु अब प्रिय।।


खबर के लेखेर पठाउनु र तिमीलाई,
हालचाल यस्तै छ के बताउनु तिमीलाई ।।


परदेशमा तिम्रो यादले धेरै सताउछ,
बाच्ने रहरहरु मिठो बनाई हँसाउछ।।


हारेर जित्नु पनि सिक्नु पर्छ
मैदानमा धेरै बेर टिक्नु पर्छ।।


कति शब्दले पोलेर जान्छ,
कति शब्दहरू बोलेर जान्छ।।


मानव जिन्दगी हाँसेर बिताउनु छ,
पीडाहरू अब छातीमा लुकाउनु छ।।

१०
तिम्रो वियोगमा लडेको छु म,
जिउँदै आज यता मरेको छु म।।

कृष्ण शर्मा ‘सुमु’
सिलिगुडी
हाल: राँची, भारत ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...