Thursday 14th May 2026

खै कसरी सम्झाउँ तिमीलार्इ महासय


-माधव पाैडेल ‘असल यात्री’

खै कसरी सम्झाउँ म तिमिलाई महासय
गालि ले गल्दैनो, बिरोधलाई टेर्दैनौ
अाफु मात्र राम्रो अरुलाई राम्रो देख्दै देख्दैनौ
अनसन बसौ मार्नै खोज्छौ,केही बोलौ जिव्रो थुत्छौ
खै कसरी सम्झाउँ म तिमिलाई महासय ।

लाग्छ राणा शासन तिमिले नै फाल्यौ
प्रजातान्त्रमा मल जल तिमिले हाल्यौ
सर्बेसर्व म नै भन्ने अहमंता कहिले सम्म
लाग्छ अाकाशको तारा पनि तिमीले खसाल्यौ
खै कसरि सम्झाउँ म तिमिलाई महासय ।।

नारा तिम्रा सर्बहाराको निम्ति भन्थ्यौ
गाउँ गाउँ छिरि गोहीको अाँशु झार्थौ
अहिले पुजीपति संग सम्बन्ध गास्यौ
खै के लोभले फस्यौ तिमि नगद मात्र गन्छौ
खै कसरी सम्झाउँ म तिमीलाई महासय ।।।


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...