Sunday 22nd February 2026

राजदूत भण्डारी र कुवेतका विदेश मन्त्री बिच भेटवार्ता सम्पन्न


तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेतका (विदेश मन्त्री मज्दी अहमद इब्राहिम अल-धफीरी बिच हिजो मंगलबारको दिन कुवेतस्थित परराष्ट्रमन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा राजदूत भण्डारी र मन्त्री अल-धफीरी बिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको दूतावासले जानकारी दिएको छ।

उक्त भेटवार्ताको क्रममा नेपाली राजदूतवास कुवेतका तर्फबाट महामहिम भण्डारीले नेपालमा कोरोना भाइरस तीव्ररूपले फैलिएको र सोही भाइरस रोकथामको लागी कुवेत सरकारको तर्फबाट पनी सहयोगको खाँचों रहेको, साथै नेपाली कामदारहरूले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर तथा यस क्षेत्रमा पुर्याएको योगदान, रोजगारीको सुरक्षा र हालको अवस्था लगायत थप अवसरहरूमा नेपालीहरूको संलग्नता अभिवृद्धि गर्दै लाने विषयमा पनि उहाँहरू बीच छलफल भएको थियो । साथै, कोभिड-१९ को संक्रमणको अवस्थालार्इ मध्येनजर गर्दै दुर्इ देशबीचको आवतजावतलार्इ थप सहज बनाउँदै लैजाने लगायतका विषयमा पनि कुराकानी भएको थियो । यसै बिच भण्डारीले स्वास्थ्य सामाग्री सहयोगका लागि र कुवेतमा कर्यारत श्रमिकको हकहितको लागी दुई पक्षीय कुटनीतिक पहल तीव्र गरेका छन् । नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले कुवेत सरकारको सहयोग चाहेको कुवेतस्थित नेपाली दूतावास बताएको छ।

राजदूत भण्डारीले भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास व्यक्त गरेका थिए।
उक्त अवसरमा कुवेत सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासका अन्य अधिकारीको पनि सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...