विश्व वातावरण विशेष टुक्का
१)स्वच्छ सफा राखौँ वातावरण,
स्वत: पाइन्छ स्वस्थ आवरण।
२)ग्लोबल वार्मिंगले संसार भएको छ ग्रस्त,
नतिजा मानव भोग्दैछन् जीवन अस्तव्यस्त।
३)संसारको मुख्य अमूल्य धन रहेछ जलवायु ,
वातावरण स्वच्छ रहे आपसेआप लामो आयु।
४)सबै मिली वनलाई डढेलो बाट बचाऔं,
रुख काट्नु अघि अर्को बोट रोप्नु है!जताऔँ ।
५)ब्यबस्थापन गर्नुपर्छ जथाभाबी फाल्नुहुन्न फोहोर ,
अरुको मुख ताक्ने बानी छोडी स्वयं अघिसरी सोहोर ।
शर्मिला श्रेष्ठ,ललितपुर
हालः अमेरिका