Saturday 11th April 2026

अफगानिस्तानमा भएको अात्मघाती बम हमलामा २३ जनाको ज्यान गयो


तितोपाटी – अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण हुँदा विमानस्थलको प्रवेशद्वारमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यस आक्रमणमा परी एएफपी समाचार समितिका एक चालकको समेत मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १०७ जना घाइते भएका छन् ।

निर्वासनमा रहनुभएका अफगान उपराष्ट्रपति अब्दुल रसिद दोस्तुमलाई स्वागत गर्न जम्मा भएका समूहलक्षित सो आक्रमण भएको जनाइएको छ ।

एक प्रत्यक्षदर्शीले आफूले जीवनमा पहिलो पटक यसप्रकार आत्मघाती आक्रमण देखेको एएफपी समाचार समितिलाई बताएका छन् ।

यस घटनामा परी २३ व्यक्तिको मृत्यु हुनाका साथै अन्य १०७ घाइते भएका काबुल प्रहरी प्रवक्ताले पुष्टि गर्नुभएको छ ।

मारिएका व्यक्तिहरुमा सुरक्षा बल र ट्राफिक प्रंहरी पनि रहेका प्रवक्ताले थप जानकारी बताएका छन् ।

शुरुमा यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ६० घाइते भएको समाचार आएको थियो ।

स्वास्थ्य मन्त्रालयले दिएको पहिल्लो जानकारीमा २३ को मृत्यु हुनाका साथै अन्य १०७ घाइते भएका छन् । तर घाइतेमध्ये केही व्यक्तिको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्ने पनि मन्त्रालय आशङ्का व्यक्त गरेको छ ।

एएफपी समाचार समितिका ३१ वर्षीय सवारी चालक मोहमद अख्तारको पनि यस आत्मघाती आक्रमणमा मारिएका छन् ।

वरिष्ठ सरकारी अधिकारी, राजनीतिक नेता र समर्थकहरु आफ्ना नेता दोस्तुमलाई स्वागत गर्नको विमानस्थलमा जम्मा थिए । यस आक्रमणको इस्लामिस्क स्ट्टेस (आइएस) ले जिम्मा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...