Monday 18th August 2025

नेपालमा एकै दिन सात हजार २२६ कोरोना संक्रमणमुक्त


नेपालमा पछिल्लो २४ घन्टामा सात हजार दुई सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार ६ हजार नौ सय ३९ संक्रमित थपिँदा सात हजार दुई सय २६ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ । जसमध्ये एक लाख १६ हजार चार सय ७६ सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण एक सय ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार नौ सय ५१ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

प्रतिकृयाहरू
...