Tuesday 22nd September 2026

नेपालमा एकै दिन सात हजार २२६ कोरोना संक्रमणमुक्त


नेपालमा पछिल्लो २४ घन्टामा सात हजार दुई सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार ६ हजार नौ सय ३९ संक्रमित थपिँदा सात हजार दुई सय २६ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ । जसमध्ये एक लाख १६ हजार चार सय ७६ सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण एक सय ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार नौ सय ५१ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...