Monday 15th December 2025

नेपाल र खनालसहित ११ सांसद एमालेबाट निष्कासित, थप १२ जनालाई २४ घन्टे स्पष्टीकरण  


सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।  प्रधानमन्त्रीनिवास, बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहितलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको एक नेताले जानकारी दिए ।स्थायी कमिटी बैठकले नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई कारबाही गरेको हो ।

पाण्डे र भुसालसहित १२ जनालाई २४ घन्टे स्पष्टीकरण  
बैठकले विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गर्ने नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसलसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

स्थायी समिति सदस्य छविलाल विश्वकर्माका अनुसार पाण्डे र भुसालसहित १२ नेतालाई २४ घन्टाभित्र स्पष्टीकरण बुझाउने गरी पत्र काटिएको जानकारी दिए । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै एमालेले २४ घन्टाभित्र मन्त्री छाड्न पनि सांसदहरूलाई निर्देशन दिएको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स सन् १९५८ मा स्थापना भएर देशको पहिलो राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको रूपमा उदाएको थियो। त्यसबेलाको गौरवशाली…

प्रतिकृयाहरू
...