Friday 7th August 2026

नेपाल र खनालसहित ११ सांसद एमालेबाट निष्कासित, थप १२ जनालाई २४ घन्टे स्पष्टीकरण  


सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।  प्रधानमन्त्रीनिवास, बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहितलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको एक नेताले जानकारी दिए ।स्थायी कमिटी बैठकले नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई कारबाही गरेको हो ।

पाण्डे र भुसालसहित १२ जनालाई २४ घन्टे स्पष्टीकरण  
बैठकले विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गर्ने नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसलसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

स्थायी समिति सदस्य छविलाल विश्वकर्माका अनुसार पाण्डे र भुसालसहित १२ नेतालाई २४ घन्टाभित्र स्पष्टीकरण बुझाउने गरी पत्र काटिएको जानकारी दिए । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै एमालेले २४ घन्टाभित्र मन्त्री छाड्न पनि सांसदहरूलाई निर्देशन दिएको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...