Monday 15th June 2026

भियतनाममा बाढी र अाँधी, १० जनाको मृत्यु, कैयाैं वेपत्ता


तितोपाटी – मध्य र उत्तरभियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको बताइएको छ । बाढीमा परी कम्तीमा पनि दश व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । त्यसैगरी सो आँधीका कारण अरु कैयौँ व्यक्ति हराएका छन् ।

दक्षिण पश्चिमी एसियाली यस राष्ट्रमा मौसमी बर्षा र आँधीमा परी बर्षेनी सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।

भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म आएको यो तेस्रो पटकको आँधी हो । बुधबारबाट आएको यस आँधीको नाम ‘सन टिन्ह’ रहेको बताइएको छ ।

भारी वर्षाका कारण राजधानी हनोइदेखि लिएर देशका सबै क्षेत्रमा बाढी आएको छ । साथमा आँधी पनि आएको छ । जसका कारण उद्धारको काम हुन सकिरहेको छैन ।

प्राप्त पछिल्लो समाचारअनुसार भियतनामको उत्तरी पहाडी प्रान्त येन बाई र तान्ह होआमा प्रकोपले बढी क्षति पु¥याएको छ ।

यी प्रान्तमा नै १० व्यक्तिको मृत्यु भएको छ । साथै उक्त प्रान्त र अरु क्षेत्रमा गरी अन्य ११ जना वेपत्ता भएका छन् ।

हाल जारी प्रकोपका कारण करिब चार हजार घर भत्किएका छन् भने हजारौँ हेक्टर खेती लगाएको जमीन नै बगाएको छ ।

मौसमविद्ले अझै पनि भारी वर्षा हुने अनुमान गरेका छन् । गत वर्ष पनि भियतनाममा जारी प्राकृतिक प्रकोपका कारण ३८९ व्यक्तिको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

बेरुत। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा…

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

प्रतिकृयाहरू
...