Sunday 11th January 2026

श्रावण महिना ( कविता )


श्रावण महिना

यो त हो महिना चौथो, नाम यसको छ श्रावण ।
पानीपर्दा हरियाली, खुसी हुन्छन् अधिक जन ।।

धानका बोट सप्रन्छन् खेतपाखाभरि भरी ।

फुर्सदमा सबले गर्छन् भजनकीर्तन हरि हरि ।।

पाइन्छन् साग–तरकारी विभिन्न गुण, स्वादका ।

कर्कलो फर्सीका मुन्टा, काँक्रो विविधजातका ।।

हुर्कन्छन् कलिला तामा घरछेउकै बाँसघारीमा ।

वनमा निउरो बढ्छन्, नास्पाती प्रशस्त बारीमा ।।

अन्नको, आय–आर्जनको आधार हो मास श्रावण ।

धेरै छन् यसका राम्रा, लाभदायी गुणै–गुण ।।

 

डा. एकराज ओझा

मौवा, डोटी, नेपाल

हालःकार्यविनायक, ल.पु.।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...