Sunday 13th September 2026

श्रावण महिना ( कविता )


श्रावण महिना

यो त हो महिना चौथो, नाम यसको छ श्रावण ।
पानीपर्दा हरियाली, खुसी हुन्छन् अधिक जन ।।

धानका बोट सप्रन्छन् खेतपाखाभरि भरी ।

फुर्सदमा सबले गर्छन् भजनकीर्तन हरि हरि ।।

पाइन्छन् साग–तरकारी विभिन्न गुण, स्वादका ।

कर्कलो फर्सीका मुन्टा, काँक्रो विविधजातका ।।

हुर्कन्छन् कलिला तामा घरछेउकै बाँसघारीमा ।

वनमा निउरो बढ्छन्, नास्पाती प्रशस्त बारीमा ।।

अन्नको, आय–आर्जनको आधार हो मास श्रावण ।

धेरै छन् यसका राम्रा, लाभदायी गुणै–गुण ।।

 

डा. एकराज ओझा

मौवा, डोटी, नेपाल

हालःकार्यविनायक, ल.पु.।


सम्बन्धित शीर्षकहरु

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।…

स्वीडेनमा आइतबार आम निर्वाचनका लागि मतदान भएको छ। यस चुनावमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री म्याग्डालेना…

प्रतिकृयाहरू
...