Friday 28th August 2026

लाखौ तिरेर भिजिट भिसामा दुबई पुगेका ४ युवा अलपत्र


तितोपाटी- एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् ।

काम नपाएपछि त्यहाँ खान र बस्न नै समस्या भएको पीडित युवाको भनाइ छ । ती सबै युवालाई झापा, गौरादह–१ का विक्रम राई र लालबहादुर गजमेरले दुबईको चकलेट फ्याक्ट्रीमा काम दिने भन्दै जनही रु एक लाख ७० हजार असुलेर भ्रमण प्रवेशाज्ञामा विदेश पठाएका थिए । भनेअनुसार काम पाउन नसक्दा भोकै बस्नुपर्ने अवस्था आएको पीडित युवा निरज मगरले बताए ।

सामाजिक सञ्जालमा आफ्ना पीडा राख्दै पीडित युवा निरजले जति छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । ‘यहाँ हामी एकै ठाउँमा कोचिएर भोकै बस्नु परेको छ’, उनले भने, ‘विदेशको सपना देखाएर हामीलाई यहाँ बिजोग बनाए, हामीलाई जतिसक्दो छिटो घर पठाउने व्यवस्था गरिदिनुपर्यो ।’

विदेश पठाउने प्रतिनिधिलाई भने पनि आलटाल गरिआएको सुमनकी आमा सविता सुवेदीले बताइन् । उनले विदेशमा गएर मासिक कम्तीमा रु एक हजार ड्राम्स पाउने भनेर विदेश पठाएका हुन् । अहिले विदेश पठाउने दलालमध्येका विक्रम राईले भने अनुसार काम दिलाउन नसकिएको तर अन्यत्र काम गर्न नमानेका कारण समस्या आएको बताए ।

साभार – मध्यान्हन्युज


सम्बन्धित शीर्षकहरु

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति…

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज…

भरतपुर — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बगेर बेपत्ता भएकामध्ये चितवनमा हालसम्म १३५ वटा शव संकलन गरिएको छ। संकलित…

प्रतिकृयाहरू
...