Sunday 25th October 2026

कुवेतमा जारी रहेको आंशिक कर्फ्यू इद उल फित्रको पहिलो दिनबाट हट्ने


तीतोपाटी – कुवेत सरकारले ईदको पहिलो दिनबाट आंशिक कर्फ्यू खारेज गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेख सवाह अल खालेदको नेतृत्वमा बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस अघि कोरोना विशेष समितिले कर्फ्यू हटाउनको लागि मन्त्रीपरिषदमा शिफारिस गरेको थियो ।

दइ महिना भन्दा लामो समयदेखि जारी आंशिक कर्फ्यू खारेज गरिएको बारे कुवेत स्थित अल कबास दैनिक, अरबटाइम्स लगायतले समाचार प्रकाशित गरेका छन् । अल कबास दैनिकमा प्रकाशित समाचारका अनुसार काउन्सिलले चाँडै नै हुक्का क्याफे बाहेक धेरैजसो गतिविधि र रेष्टुरेन्टहरू खोल्ने सहित विभिन्न प्रकारका निर्णयहरू लिनेछ।

अरब टाइम्समा प्रकाशित समाचार अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर रेस्टुरेन्ट, क्याफे, मर्मत सेवाहरू, फार्मेसीहरू, किराना किराना पसल र चिकित्सा आपूर्ति लगायतका क्षेत्र खुला गरिने छ भने अन्य सबै वाणिज्यिक गतिविधिहरू भेन बेलुकी ८ बजेदेखि बिहान ५ बजे सम्मका लागि बन्द रहनेछन् ।

 


सम्बन्धित शीर्षकहरु

धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार…

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आज राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ। चुनावमा वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र…

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

प्रतिकृयाहरू
...