Saturday 18th October 2025

एनआरएनको कोभिड विरूद्धको अभियानमा अमेरिकामा बुद्दि सुवेदी समुहबाट १० हजार डलर सहयोग


तीतोपाटी – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको सहयोग सकंलन अभियानमा १० हजार डलर सहयोग गर्ने भएको छ ।

बुद्दिसागर सुवेदीको नेतृत्व क्षमतालाई विश्वास गरी चुनावी अभियानमा लागेका विभिन्न पदका उम्मेद्वारहरुबीचको विहिवारको वैठकले एनआरएनए अमेरिकाले सुरु गरेको गो फन्ड मि मार्फत सहयोग गर्ने निर्णय गरेको हो ।

मातृभुमी नेपालमा दु:ख पर्दा, हामीलाई पनि पिडा हुन्छ । अध्यक्ष पदका प्रत्याशी एवं हालका उपाध्यक्ष सुवेदीले भने, यस्तो पिडाको समयमा हामीले आ आफ्नो क्षेत्रवाट जति सकिन्छ त्यति सहयोग गर्नुपर्दछ । गैर आवासीय नेपालीहरुले यो बेला कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे हामी सबैले छलफल गरी सहयोगी हात अघि बढाउनुपर्ने सुवेदी बताउनुहुन्छ ।

आवश्यक अन्य सहयोग कार्यका लागि पनि तयार रहने निर्णय गर्दै सुवेदीलाई सहयोग गर्ने र उनको नेतृत्व प्रति विश्वास गरी अघि बढिरहेका अन्य पदका उम्मेद्वारहरु सम्मिलित वैठकले थप सहयोग जुटाउन र अन्य खालका सहयोग गर्नका लागि एनआरएनए अमेरिका सगँको समन्वयमा अमेरिको अरु निकायहरु सगँ पनि आवश्यक समन्वय गर्न रकेट बैज्ञानिक राजिव श्रेष्ठ र कोभिड–१९ मा अत्यन्तै सक्रिय र प्रभावकारी रुपमा काम गरि अनुभव बटुल्नुभएका डा. प्रकाश श्रेष्ठ लाई त्यसको लागि पहल गर्न जिम्मेवारी समेत दिएको छ ।

त्यस्तै, अमेरिका स्थित विभिन्न विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु लाई नेपालमा फैलिएको स्वास्थ्य संकटले गर्दा यदि यहाँ अध्यनरत् विद्यार्थीहरूलाई कुनै प्रकारका समस्याहरु पर्न गएमा उक्त समस्या समाधानको लागि के कस्तो सहयोग संकलन गर्न सकिन्छ त्यस्को लागि वैठकले अनुप खनाल र त्रिभुवन पाण्डेलाई जिम्मेवारी प्रदान गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा…

अन्तर्राष्ट्रिय झापाली समाजको प्रतिनिधि टोलीले आज झापाको भद्रपुरस्थित एयरपोर्ट होटलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात,…

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

प्रतिकृयाहरू
...