Sunday 25th January 2026

जागिरको प्रलोभन दिएर करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव एक १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।  यादवलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार साँझ धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा रहेको डुकु होटल एण्ड लजबाट पक्राउ गरेको हो। उनले जागिर दिलाउने प्रलोभन दिएर इटहरीकी १७ वर्षीयालाई उक्त होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोप छ। एक सरकारी गाडीमा भिआइपी युवती लिएर होटलमा पुगेको खबर आएपछि धरान प्रहरीले छापा मारेको थियो। उनलाई छोड्न चर्को दबाब आएपनि धरान प्रहरीले यादवलाई नियन्त्रणमा लिएर राखेको छ।

सरकारी नम्बर प्लेटको गाडीले नै यादव र पीडितलाई उक्त होटलमा छोडेको भए पनि गाडी भने फेला नपरेको प्रहरीको भनाइ छ। होटलमा अध्यक्ष यादवले नाम परिवर्तन गरेर कोठा बुक गरेका थिए। यौनजन्य गतिविधिले बद्नाम यो होटलमा प्रहरीले बेला बेला छापा मार्ने गरेको छ। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पीडितको आमा र दिदी आएर हिजो राती नै जाहेरी दिइसकेको जानकारी दिए। ‘पीडितको आमा र दिदी हिजो नै आएर जाहेरी दिइसकेका छन्, दर्ता पनि भइसकेको छ,’ डिएसपी बस्नेतले भने।

प्रहरीका अनुसार पीडितको घर इटहरी हो। जागिरकै लागि उनको यादवसँग सम्पर्क भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। हिजो बुधबार पनि अध्यक्ष यादवले जागिरको कुरा गर्ने भनेर बोलाएको र गाडी हालेर धरानको होटलमा पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी बस्नेतले बताए। ‘गाडीमा हालेर लैजादासम्म कता जाने हो भन्ने थाह थिएन छ। उनीहरुको जागिरकै सिलसिलामा भेटघाट र कुराकानी भएको देखिन्छ,’ डिएसपी बस्नेतले भने। उनका अनुसार यादवले होटलमा पुर्‍याए पछि पीडितलाई वियर खुवाएको र जबजर्स्ती करणी गरेको खुलेको छ। पीडितका अभिभावकहरुले पनि यादवले बोलाएर गाडीमा हालेर लगेको तर कहाँ लगेको भन्ने थाह नभएको बयान दिएका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...