Thursday 19th March 2026

जागिरको प्रलोभन दिएर करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव एक १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।  यादवलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार साँझ धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा रहेको डुकु होटल एण्ड लजबाट पक्राउ गरेको हो। उनले जागिर दिलाउने प्रलोभन दिएर इटहरीकी १७ वर्षीयालाई उक्त होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोप छ। एक सरकारी गाडीमा भिआइपी युवती लिएर होटलमा पुगेको खबर आएपछि धरान प्रहरीले छापा मारेको थियो। उनलाई छोड्न चर्को दबाब आएपनि धरान प्रहरीले यादवलाई नियन्त्रणमा लिएर राखेको छ।

सरकारी नम्बर प्लेटको गाडीले नै यादव र पीडितलाई उक्त होटलमा छोडेको भए पनि गाडी भने फेला नपरेको प्रहरीको भनाइ छ। होटलमा अध्यक्ष यादवले नाम परिवर्तन गरेर कोठा बुक गरेका थिए। यौनजन्य गतिविधिले बद्नाम यो होटलमा प्रहरीले बेला बेला छापा मार्ने गरेको छ। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पीडितको आमा र दिदी आएर हिजो राती नै जाहेरी दिइसकेको जानकारी दिए। ‘पीडितको आमा र दिदी हिजो नै आएर जाहेरी दिइसकेका छन्, दर्ता पनि भइसकेको छ,’ डिएसपी बस्नेतले भने।

प्रहरीका अनुसार पीडितको घर इटहरी हो। जागिरकै लागि उनको यादवसँग सम्पर्क भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। हिजो बुधबार पनि अध्यक्ष यादवले जागिरको कुरा गर्ने भनेर बोलाएको र गाडी हालेर धरानको होटलमा पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी बस्नेतले बताए। ‘गाडीमा हालेर लैजादासम्म कता जाने हो भन्ने थाह थिएन छ। उनीहरुको जागिरकै सिलसिलामा भेटघाट र कुराकानी भएको देखिन्छ,’ डिएसपी बस्नेतले भने। उनका अनुसार यादवले होटलमा पुर्‍याए पछि पीडितलाई वियर खुवाएको र जबजर्स्ती करणी गरेको खुलेको छ। पीडितका अभिभावकहरुले पनि यादवले बोलाएर गाडीमा हालेर लगेको तर कहाँ लगेको भन्ने थाह नभएको बयान दिएका छन्।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...