Monday 26th October 2026

कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउन हुन राजदूतावासको सबैमा अनुरोध


तितोपाटी-विश्वभरि महामारीको रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड-१९) को  संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउन हुन  नेपाली राजदुताबास कुबेतले बिशेष अनुरोध गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाली दुताबासबाट आईतबार जारि  बिज्ञप्तिमा भनिएको छ हालैको समयमा कुबेतमा कोभिड-१९को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत बढिरहेको जानकारी प्राप्त हुन् आएको परिप्रेक्ष्यमा बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले अबल्म्बन गरे बमोजिमको स्वास्थ्य सुरक्षा सम्बन्धि निर्देशन, प्रोताकल एबम पुर्व साबधानीका उपायहरुको पूर्ण पालना गरि उच्च स्वास्थ्य सुरक्षा एबम सतर्कता अपनाउनु हुन् नेपाली दुताबासले कुबेत स्थित समुदायलाई हार्दिक अनुरोध गरिएको छ ।

कुवेत सरकारले निर्देशन गरेको मापदण्डलाई पुर्णरुपमा पालना गर्दै सचेत रहन र आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गर्दै सामाजिक दुरी कायम गर्ने भिडभाडमा नजाने/नगर्ने माक्स र  पन्जाको प्रयोग  गर्ने शारीरिक स्पर्श नहुने गरि अभिबादन गर्ने, साबुनपानीले हात धुने, सेनीटाईजरको प्रयोग गर्न भनिएको छ।

तल पढ्नुहोस नेपाली राजदुताबास कुबेतबाट जारी गरिएको अनुरोध


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...